काठमाडौँ, फागुन २५ । प्रतिनिधिसभाको सभामुख पदमा नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले उम्मेदवारी दर्ता गराएका छन् ।
केहीबेर अघि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा उपस्थित भएर महराले सभामुखको उम्मेदवारी दर्ता गराएका हुन् । उनको उम्मेदवारीलाई नेकपा(एमाले)का नेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले प्रस्ताव गरेका छन् भने माओवादी केन्द्रका नेता देव गुरुङले समर्थन गरेका छन् ।
संविधान कार्यान्वयन र नयाँ कानून निर्माणका लागि आफू प्रतिबद्ध भएर लाग्ने नेता महराको भनाइ छ ।