कभर स्टोरी

नेपाली काँग्रेसद्वारा सभामुखमा उम्मेदवारी नदिने

By Bala Adhikari

March 09, 2018

काठमाडौँ, फागुन २५ । बामगठबन्धनका तर्फबाट सभामुखका लागि कृष्ण बहादुर महरालाई अघि सारेपछि नेपाली कांग्रेसले भने प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी नदिने भएको छ ।

सभामुखको सालिन व्यक्तित्व र सन्तुतित व्यवहारले संसद् र संसदीय पद्दतिको गरिमा अभिवृद्धि हुने विश्वाससहित आफ्नो पार्टीले उम्मेदवारी नदिने भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् ।

शर्माले सिंगो संसद्को नायक निर्विवाद ढंगले चयन गर्न प्रतिपक्षी दलको समेत फरक नरहोस् भन्ने मनसायमा साथ उम्मेदवारी नदिएको प्रष्ट पारेका छन् । केही बेरअघि नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले प्रतिनिधिसभाको सभामुख पदका लागि उम्मेदवारी दर्ता गरिसकेका छन् ।

उनलाई नेकपा(एमाले)का नेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङद्वारा प्रस्ताव गरेका थिए भने माओवादी केन्द्रका नेता देव गुरुङको समर्थकको रुपमा उभिएका थिए । उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि अहिले १ बजेसम्मका लागि समय सूचित गरिएको छ ।