आर्थिक

क्यान्सरपीडितको उपचारको लागि आर्थिक सहयोग

By Bala Adhikari

June 13, 2017

पथरी (मोरङ), ३० जेठ । उर्लाबारी–९ की क्यान्सरपीडित प्रशंसा राईको उपचार गर्नको लागि विभिन्न देशमा कार्यरत नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।

क्यान्सरपीडित तीन वर्षीया राईको उपचारको लागि सहयोग विदेशमा रहेका नेपालीहरुको पहलमा उक्त सहयोग रकम जुटेको हो । उर्लाबारी घर भई हाल अमेरिकामा रहेका सुरेन्द्र राईले आफू र साथीभाइको तर्फबाट रु ६१ हजार ८४१ रकम जुटाएर राईको उपचारको लागि सहयोग गरेका छन् ।

उक्त रकम सुरेन्द्रकी आमा यमुना फागो लिम्बू, युवा व्यवसायी तथा किरात राई यायोख्या उर्लाबारी नगर कार्य समिति सदस्य प्रभु राई, नरेन्द्र लिम्बू, न्यानो अभियान उर्लाबारीका अध्यक्ष पूर्णसिंह लिम्बू, समाजसेवी तेजन खड्काले उक्त रकम संयुक्त रुपमा प्रदान गरेका हुन् । यस्तै, प्रशंसाको उपचारका लागि उर्लाबारी–९ का ईश्वर बस्नेतले कतारबाट पठाएको रु ५० हजार रकम प्रशंसाको हजुरबुबा काजीमान र हजुरआमा कालीमायालाई हस्तान्तरण गरिएको हो ।