Uncategorized

‘यcएकाको एक दिने शैक्षिक मेला

By Bala Adhikari

March 14, 2018

बिध्यार्थीका समस्या र गुनासमा ध्यान दिने प्रतिवद्धता अस्ट्रेलियन शैक्षिक परामर्शदाताहरुको छाता संगठन अस्ट्रेलियन एजुकेशन कन्सलटेन्ट एलाइन्स(एका)को आयोजनामा यही आउँंदो अप्रील २० तारिखका दिन सिडनीमा एक दिन एका एजुकेशन एन्ड माइग्रेशन फेयर २०१८ आयोजना हुने भएको छ । सिडनीमा आयोजित पत्रकार सम्मेलनमा एकाका अध्यक्ष निरज श्रेष्ठले ब्यापार र सामाजिक दायित्व फरक फरक पाटा भएकाले बिध्यार्थीका हितका लागि यो एक दिने शैक्षिक मेला आयोजना गर्न लागिएको बताए । अध्यक्ष श्रेष्ठले कतिपय कलेजहरुले पढनै नपर्ने कोर्सहरु पनि पढाइरहेको सन्दर्भमा एकाले आवाज उठाएको उदारहण दिदै भने ,हामीले शैक्षिक सेवासँंगै मेवा मात्र हैन बिध्यार्थीका लागि कल्याणकारी कार्य पनि गर्दै आएको बताए । श्रेष्ठले हरेक बर्ष परिवर्तन हुने शैक्षिक निती र अध्यागमन कानुनका बिषयमा जानकारी दिने उद्देस्यले पनि यो कार्यक्रम महत्वपुर्ण हुने बताए । पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष भुपाल सिटौलाले ब्यापार पर्वधन मेलाको मुख्य ध्येय रहेपनि बिध्यार्थीका साझा समस्याको पहिचान र त्यसको समाधानका लागि संघले आफ्नो प्रतिबद्धता जाहेर गर्दै आएको बताए ।हाँको शैक्षिक, अध्यागमन लगायतका नीतिमा तीव्र परिवर्तन भइरहेका छन् । विद्यार्थीहरुलाई यसै सम्बन्धमा पूर्ण जानकारी दिनु र उनीहरुलाई सही मार्गदर्शन गराउनु हाम्रो प्रमुख उदेश्य हो’, संस्थाका सदस्य सुनिल उप्रेतीले भने । उप्रेतीले अस्ट्रेलियामा चीनियाँ र भारतीयपछि सबैभन्दा बढी नेपाली बीध्यार्थी अध्ययनरत रहेको जानकारी दिएका थीए ।