काठमाडौँ, चैत १ । कायममुकायम प्रधानन्यायाधीशका रुपमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले आज पदभार ग्रहण गरेका छन् ।
कामु प्रधानन्यायाधीश जोशीले पदबहालीलगत्तै इजलास तोकी काम समेत थालिसकेका छन् । न्यायपरिषदले बुधबारको सचिवस्तरीय पत्रमार्फत प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको २०७४ साउन २१ गते ६५ वर्ष पुगेको नागरिकता र शैक्षिक प्रमाणपत्रबाट पुष्टि भएको भन्दै उनी पदमा नरहेको जनाइएको थियो ।