विदेश

बिमान दुर्घटनामा मृत्यु भएकाको शव आज बंगलादेश लगिँदै

By Bala Adhikari

March 19, 2018

काठमाडौं, चैत ५ । गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यूएस–बंगलाको बिमान दुर्घटनामा परी ज्यान गुमाएका बंगलदेशी नागरिकको शव आज (सोमबार) काठमाडौंबाट ढाका लगिँदैछ ।

उक्त शवहरुलाई बंगलदादेश सैनिक रंगशालामा राखिने र प्रधानमन्त्री शेख हसिनाले श्रद्धान्जली दिने कार्यक्रम रहेको बंगलादेशी सञ्चारमाध्यमहरूले बताएका छन् । २३ जना बंगलादेशी यात्रुहरुको शव बंगलादेश एयर फोर्सको कार्गो विमानद्वारा दिउसो ३ बजे ढाकामा ल्याइने छ र ४ बजे बंगलादेश आर्मी स्टडियममा राखिने छ ।

त्यहाँ प्रधानमन्त्रीको उपस्थिति रहनेछ,’ बंगलादेशी सेनाको न्यूज एजेन्सी आइएसपीआरका सहायक निर्देशक रेजाउल करिमले सोमबार बिहान भने । श्रद्धान्जली समारोहपछि ती शवहरु आफन्तलाई हस्तान्तरण गरिने उनले जानकारी दिइएको छ । यूएस बंगला एयरलाइन्सको बीएस २११ बिमानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरका क्रममा आगो लागेको थियो ।

घटनामा २६ जना बंगलादेशी २२ जना नेपाली र एक चिनीयाको मृत्यु भएको छ । २६ बंगलादेशीमध्ये २३ जनाको सनाखत भएको छ भने बाँकी सनाखतको प्रक्रियामा छन् ।

यसैगरी, १० जना घाइते बंगलादेशीमध्ये २ जनालाई सिंगापुर लगिएको छ भने ६ जना ढाका मेडिकल कलेज हस्पिटलमा उपचाररत छन् । यस्तै, एक जनालाई दिल्ली लगिएको छ ।