भक्तपुर, चैत ८ । प्रदेश सरकार सञ्चालनका लागि केन्द्रीय सरकारलाई कर्मचारी र बजेट पठाउन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले माग गरेका छन् ।
भक्तपुरमा रफत क्लबले आज आयोजना गरेको कार्यक्रममा बोल्दै उनले बजेट र कर्मचारी अभावले प्रदेश सरकार सञ्चालनमा विभिन्न समस्या आउने गरेको बताए ।
प्रदेश सरकार सञ्चालन अहिलेका लागि नितान्त नयाँ विषय भएको र यसलाई प्रभावकारी ढंगले सञ्चालन गर्न दक्ष कर्मचारीको चरम अभाव रहेको, सरकारले कर्मचारी पठाइदिए सहज हुने थियो मुख्यमन्त्री शाहीले भने ।
गरिबीले पिल्सिएको प्रदेश भए पनि अवसर र सम्भावना धेरै बोकेको कर्णाली प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउने, आगामी वर्ष पर्यटन वर्ष घोषणा गर्दै प्रदेशको विकासमा गुरुयोजनासहित अगाडि बढेर विकासमा नमूना प्रदेश बनाउने लक्ष्य रहेको पनि उनले बताए ।