मोरङ, चैत ९ । ज्येष्ठ नागरिकका लागि उर्लाबारी–९ निवासी युवा समाजसेवी सुन्दर श्रेष्ठले आफ्नो निजी खर्चमा विश्राम चौतारी बनाई बनाइदिएका छन् ।
भोटेपुलसंगै रु ५० हजारको लगानीमा चौतारी बनाएर छानो छाइ फलैँचा समेत राखिदिएका हुन् । ज्येष्ठ नागरिक विश्राममा लयमा बसेर भलाकुसारी गर्दै दुःख सुखका कुराकानी गर्न सहज हुने उनको भनाइ छ ।
श्रेष्ठले सो चौतारीमा राष्ट्रिय पत्रपत्रिका पढ्न मिल्ने पनि व्यवस्था गरेका छन् ।
बुबा इन्द्रनारायण श्रेष्ठको स्मृतिमा सामाजिक काम गर्दै आएका श्रेष्ठले बिहानको पत्रपत्रिका पढेर गाउँले सजग होउन् भनेर सो कार्य गरिएको र बालबालिकालाई खेल्ने सामग्री पनि उपलब्ध गराइएको बताउँदै आफूले सकुञ्जेल सामाजिक काम गरेर आफ्नो गाउँको सेवा गर्ने इच्छा भएको जनाएका छन् ।