आर्थिक

ठगीमा सक्रिय दुई जना विदेशी गिरोह पक्राउ

By Bala Adhikari

March 26, 2018

काठमाडौं, चैत १२ । अनलाइन नेटवर्किङ व्यापारको नाममा ठगी गर्ने विदेशी गिरोह नेपालमा सक्रिय भएको खलासा भएको छ । काठमाडौं प्रहरी पसिरले फोरक्स अनलाइन मनी मार्केट कम्पनमा रहेको वेस्टर्न एफएक्स कम्पनीको नेपाली एजेन्ट भएको भन्दै ठगीमा सक्रिय दुई जनालाई पक्राउ गरेको गरेसँगै नेटवर्किङ व्यापारको नाममा ठगी गर्ने विदेशी गिरोह सक्रिय रहेको खुल्न आएको हो ।

पक्राउ पर्नेमा ३२ वर्षीय बंगलादेशी नागरिक राहत हसन राणा र भारतीय नागरिक तरसेम शर्मा छन् । उनीहरु ४ र ५ महिनाअघि नेपाल प्रवेश गरेर कम्पनीमा लगानी गरे २० देखि ६० प्रतिशतसम्म फाइदा हुने भन्दै ठगी गर्दै आएका थिए ।

उनीबाट २५ जना ठगिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएका काठमाडौं प्रहरी परिसरले जानकारी गराएको छ । थप अनुसन्धान भइरहेको परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेल जानकारी गराए । ‘नेपालमा दर्ता समेत नभइ पीडितलाई जति लगानी र्गयो त्यति धेरै नाफा हुने भन्दै ठगी गरेको पाइएको छ’, पोखरेलले भने, ‘कारोबार गर्ने व्यक्तिलाई कुनै प्रमाणसम्म पनि दिइएको छैन ।’