नेपालगञ्ज, चैत १६ । नेपालगञ्जको रंगशालामा हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई दृष्टिगत गर्दै अन्तर्राष्ट्रियस्तरको पौडी पोखरी निर्माणको कामलाई तीव्रता दिइएको छ ।
पौडी पोखरी निर्माणका लागि रु २५ करोड ६५ लाख बजेट विनियोजन गरिएको छ ।
२५ मिटर लम्बाइ, ५० मिटर चौडाइ र साढे तीन मिटर गहिराइको सो पौडी पोखरी काठमाडौँपछिको दोस्रो भएको क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष भीम ओलीले बताएका छन् ।