जिल्ला-विशेष

लैङ्गिक हिँसा सम्बन्धी चार दिने तालीम शुरु

By Bala Adhikari

March 30, 2018

इटहरी, चैत १६ । सुनसरी जिल्ला जनस्वास्थ्य कार्यालय र साझा सवालका लागि साँझा मञ्चद्वारा प्लान नेपालको सहयोगमा आयोजित लैङ्गिक हिंसा स्वास्थ्यकर्मी सम्बन्धी चार दिने तालीम आजदेखि शुरु भएको छ ।

लैङ्गिक हिंसामा परेका व्यक्तिकोे पहिचान, व्यवस्थापन र सम्बन्धित निकायसँग समन्वय स्थापित गराउन के–कस्ता दक्षता एवं भूमिका निर्वाह गर्नुपर्छ, भन्ने विषयमा सचेतना एवं दक्षजनशक्ति तयार गर्ने उद्देश्यले तालीमको आयोजना गरिएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालयसँग सरोकार राख्ने स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्य जनशक्ति लक्षित उक्त तालीममा १३ जनाको सहभागिता रहेको छ ।

तालीममा सहभागी भएकालाई राष्ट्रिय स्वास्थ्य प्रतिष्ठानका डा ईश्वर उपाध्याय, डा विशाल सुवेदी डा सफल राय, डा तुसम झा, डा रुमी यादवलगायतले सहजीकरण गर्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक हेमन्त पौडेलले बताएका छन्