काठमाडौँ, चैत १८ । नेपाली काँग्रेसका नेता स्व खुमबहादुर खड्काप्रति सभामुख कृष्णबहादुर महराले श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
आज सानेपास्थित निवासमा पुगेर खड्काको पार्थिव शरीरमाथि फूलमाला अर्पण गरी उनले श्रद्धाञ्जलि अर्पण गरेका हुन् । सभामुख महराले खड्काको अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको शोक पुस्तिकामा पनि हस्ताक्षर गरे ।
श्रद्धाञ्जलिपछि परिवारजनसँग कुरा गर्दै उनले केही समयअघि खड्कासँग नियमित भेटघाट तथा कुराकानी हुँदै आएकामा पछिल्लो पटक एक महिनाअघि मात्रै भेटघाट भएको जनाउँदै सभामुख महराले खड्काको निधनले आफूलाई निकै दुःखी बनाएको बताएका छन् ।
श्रद्धाञ्जलि दिन निवास पुगेका काँग्रेस नेताहरु विमलेन्द्र निधि, शशांक कोइराला, शंकर भण्डारीलगायतलाई पार्टीका तर्फबाट परिवारजनलाई विशेष सहयोग गर्न र ख्याल पुर्याउन सभामुख महराले अनुरोध समेत गरेका थिए ।