कभर स्टोरी

भारतसँगको नेपालको सम्बन्ध नयाँ ढंगबाट अगाडि बढ्ने विश्वास

By Bala Adhikari

April 01, 2018

वीरगञ्ज, चैत १८ । भारतसँगको नेपालको सम्बन्ध नयाँ ढंगबाट अगाडि बढ्ने प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वास व्यक्त गरेका छन् ।

आज बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–४ औराहामा निर्माण हुन लागेको गार्मेन्ट प्रशोधन केन्द्रको शिलान्यास गर्दै उनले छिमेकी मुलुक भारत नेपालको विकासमा सहयोगी भूमिका निर्वाह गर्न तयार रहेकाले दुई मुलुकको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरे ।

औराहामा निर्माण हुन लागेको उक्त प्रशोधन केन्द्र ८४३ बिगाह क्षेत्रफलमा फैलिएको छ ।

उक्त केन्द्र नेपाल सरकारको विशेष आर्थिक क्षेत्र प्राधिकरण कार्यक्रम अन्तर्गत करीब रु १० अर्ब को लगानीमा निर्माण हुन लागेको बताइएको छ ।