खेलकुद

क्यानडामा नेपाली क्रिकेट क्लवको शुभारम्भ

By Bala Adhikari

April 02, 2018

राजु थापा, क्यानडा सम्वाददाता ।

नेप्लीज क्यानेडियन क्रिकेट क्लबले यहि २०१८ मा टि—२० का लागि हुने ब्राम्पटन क्रिकेट अन्तर लिग प्रतियोगितामा पहिलो पटकको सहभागिता बाट क्यानडामा क्रिकेटको क्षेत्रमा सक्रिय गराउने भएको छ ।

ग्रेटर टोरोन्टो क्षेत्रमा रहेका नेपाली कम्यूनिटिका यूवाहरुको सक्रियतामा २०१७ मा गठन गरिएको नेप्लीज क्यानेडियन क्रिकेट क्लबले नेपाली समूदायका सदस्य लगायत बिभिन्न पेशामा आबद्ध ब्यक्ति, क्रिकेट प्रेमि तथा बिभिन्न संघ संथाका प्रतिनिधिहरुको उपस्थितिमा एक पत्रकार सम्मेलनको आयोजना गरि नेपाली क्रिकेट खेल मार्फत नेपाल र नेपालीको नाम अझ बिश्वमा चिनाउनका लागि आफ्नो क्षमता अभिबृद्धि गरि भविष्यमा क्लवले विभिन्न गतिविधिहरु लगायत प्रतियोगिताहरुमा सहभागिता जनाउने बताएको  हो ।

कार्यक्रममा पूर्व नेपाली राष्ट्यि क्रिकेट टिमका सफल प्रशिक्षक क्यानडाका पुबुदु दसानायकेलाई सम्मान गरिएको थियो । अन्तिम समयमा उहां उपस्थित हुन नसक्ने खवर पाएका निरास आयोजकले उहांलाई स्काईपको प्रयोग गरेर एनआरएन क्यानडाका अध्यक्ष गोपिकृष्ण काफ्लेले क्लवका अध्यक्ष इम्रन असगर द्धारा सम्मान पत्र हस्तान्तरण गरेका थिए ।

स्काईप मार्फतनै कुरा गर्दै पुबुदु  दसानायकेले आफु सो कार्यक्रममा उपस्थित हुन नसकेकोमा पस्चाताप गर्दै सम्मान पत्र स्विकार गरेका थिए । उहांले आफू नेपाली खेलकुद र क्रिकेट संग लामो समय आबद्ध रहने मौका पाएकोमा खुसि ब्यक्त गर्दै आफूमा नेपाल र नेपाली प्रति आत्मियता गासिंयकोले क्यानडामा गठन गरिएको नेपाली क्रिकेट क्लवलाई शुभकामना सहित आफुले पूर्ण सहयोग गर्ने बताएका छन् । साथै उनले तालिमका लागि नेपाली तिन खेलाडीहरुलाई क्यानडा ल्याउने तयारी भैरहेको पनि जानकारी गराएका थिए ।

कार्यक्रममा एनआरएन क्यानडाका अध्यक्ष गोपिकृष्ण काफ्लेले युवाहरुको खेलकुद प्रतिको जोश जांगरलाई एनआरएन क्यानडाले हरपल सहयोग हुने बताएका छन् । यसैगरि एनआरएन आइसिसि नर्थ अमेरिका सदस्य अभिमन्यू बस्नेतले आफ्ना धारणा राख्दै क्लबको दिगो विकाशमा एनआरएन ग्लोवल क्षेत्रमा समेत पहल गर्ने बताएका छन् ।

 

 

एनआरएन ग्लोवल खेलकुद कमिटिका उप संयोजक गिरि बुढाथोकिले क्लवलाई शुभकामना दिदै खेलकुद राष्ट्को गहना भएकोले र आफु पनि खेलाडी भएकोले खेलाडीको पिडा प्रति आफु जानकार रहेको बताउदै हरेक क्षेत्रमा साथ र सहयोग रहने बताएका थिए । लामो समय नेपाली राष्ट्यि क्रिकेटसंग आवद्ध रहेका खेलकुद पत्रकार तथा क्रिकेटका लाईभ प्रस्तोता सन्तोष ओझाले नेपाली क्रिकेटको विकाश क्रमको वारेमा जानकारी र अनुभव सुनाएका थिए भने जिटिएममा रहेका विभिन्न संघ संथाका प्रतिनिधिहरुले पनि क्लवलाई शुभकामना दिदै आ आफ्ना धारणा राखेका थिए ।

कार्यक्रमको अन्तमा संचारकर्मिहरु अनिल थापा, राजु थापा, दिपक गौतम, गोकर्ण लामिछाने लगायतले राखेका जिज्ञासामा क्लवका अध्यक्ष इम्रन असगर, सचिव अम्रित थापा र कोषाध्यक्ष निराजन श्रेष्ठले जवाफ दिएका थिए ।