कभर स्टोरी

जापानी राजदूतले भुकम्पले क्षतिग्रस्त थिमिको विभिन्न क्षेत्रको अवलोकन

By Bala Adhikari

April 02, 2018

भक्तपुर, चैत १९ । २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले भत्काएको मध्यपुर थिमिका सम्पदाको नेपालका लागि जापानका राजदूत मासासी ओगावाले अवलोकन गरेका छन् ।

मध्यपुर थिमि नगरपालिकाको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले राजदूत ओगावालाई मध्यपुर थिमिको विभिन्न क्षेत्रको अवलोकन गराएका हुन् ।

भूकम्पले क्षति पुगेका मध्यपुरथिमिका नगदेश विहार, तरकारी बजार, लायकू दरबारलगायतको अवलोकन गर्नुका साथै नगरपालिकाले निर्माण गर्न लागेको आधुनिक चिम्नी, मध्यपुरथिमिको पहिचान माक्स अर्थात् मुखुण्डो निर्माणको राजदूत ओगावाले अवलोकन गरेका थिए ।

राजदूत ओगावाले अनुगमनपछि भूकम्पपछिको पुनःनिर्माणमा मध्यपुरथिमि नगरपालिकालाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

राजदूत ओगावाको सम्मानमा नगरपालिकाले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा मध्यपुरथिमिका चर्चित परम्परागत नाच र वाद्यबाधन प्रस्तुति सहित जापानी कलाकारको नृत्य पनि प्रस्तुत गरिएको थियो ।