जिल्ला-विशेष

रुकुम पुर्वको जिम्मेवारी केसीलाई

By Bala Adhikari

April 03, 2018

रुकुम, चैत २० । नेविसंघ केन्द्रिय समितिले नयाँ जिल्ला रुकुम पुर्वको जिल्ला अधिवेशन सम्पन्न गरेको छ । तदर्थ समिति गठन गर्नको लागी केन्द्रीय सदस्य तारक प्रतिभा केसीलाई प्रतिनिधि तोकेको छ ।

राज्य पुनः संरचनाको क्रममा रुकुम र नवलपरासी जिल्ला विभाजन गरेर नयाँ जिल्ला कायम गरिएको थियो । उक्त बेलादेखी रुकुम पुर्वमा नेविसंघको जिल्ला समिति खाली भएकाले तत्काल समिति गठन गरि संगठन निर्माण गर्न केन्द्रिय अध्यक्ष नैनसिंह महरले दिएको निर्देशन अनुसार केसीलाई जिम्मेवारी प्रदान गरेको नेविसंघ केन्द्रिय कार्यालयका मुख्य सचीव डिल्लिराज हमालले जानकारी दिए ।

नयाँ जिल्ला भएको र नयाँ सांगठनिक गतिविधि गर्नुपर्ने भएकोले केसीलाई जिम्मेवारी सुम्पेको उनको भनाइ छ । केन्द्रिय प्रतिनिधि केसीले आफुले संघको विधि बिधान र परिधिभित्र रहेर नयाँ जिल्लामा नेविसंघ लोकतन्त्र र कांग्रेसको लागी मन वचन र कर्मले सक्रिय भएर विधार्थीहरुको नेतृत्वमा समिति निर्माण गर्ने बताएका छन् ।

केन्द्र नभई स्थानिय नेता कार्यकर्ताको समस्यामा संगै जनाउँदै केसीले भुगोलसँग परिचित परिश्रमी विद्यार्थी नै नेविसंघको नेतृत्व गर्न हकदार हुने कुरामा जोड दिए ।

जिल्ला पार्टी र नेविसंघ केन्द्रिय समितिको समन्वयमा आफुले जिम्मेवारी निभाउने पनि उनले प्रण गरेका छन् ।

गत महाधिवेशनमा ६ नं प्रदेशबाट अन्य प्रतिस्पर्धी भन्दा लोकप्रिय मत ल्यायर केन्द्रिय सदस्यमा निर्वाचित केसी पश्चिम रुकुम निवासी हुन् ।