कभर स्टोरी

संस्थागत रुपमा संचार माध्यमले पहल गर्नुपर्ने प्रमुख : विद्या सुन्दर शाक्य

By Bala Adhikari

April 08, 2018

काठमाडौ, चैत्र २५ । महानगरपालिकाले सम्पन्न गरेका कार्यक्रम तथा योजनाहरुको वारेमा प्रतिवेदन तयार गरेर सार्वजनिक गर्ने काठमाडौं महानगरपालिकाका प्रमुख बिद्या सुन्दर शाक्यले बताएका छन् ।

जगडोलमा प्रेस चौतारी र प्रेस सेन्टर नेपाल प्रदेश नं ३ को संयुक्त आयोजनामा भएको बन भोज कार्यक्रममा शाक्यले केहि विवादित विषय बाहेक धेरै कामहरुको सुरुवात गरिएको जनाए ।

उनले आफु संचार मैत्री नरहेको स्वीकार गर्दै निर्वाचनका वेलामा अरु प्रचार बाजी गर्दै हिड्दा आफु भने भाग्दै हिडेको प्रसंग उल्लेख गरे । संचारकर्मीहरुलाई महानगरपालिकाले सहयोग गर्ने तर त्यसका लागि संस्थागत रुपमा संचार माध्यमले पहल गर्नुपर्ने प्रमुख शाक्यको धारणा छ ।

काठमाडौं महा नगरपालिकाले अहिले सार्वजनिक जग्गा र सम्पतिको संरक्षण अभियानलाई प्राथमिकतामा राखेर काम अगाडी बढाएको जनाउँदै उनले राम्रा कामहरुको प्रवर्धन र नराम्रा कामहरुको वारेमा खवरदारी गर्नका लागि संचारकर्मीहरुलाई अनुरोध गरे ।