कभर स्टोरी

नेता कार्यकर्ताहरुलाई निरास नभई संगठन सुधारमा लाग्न नेता सिंहको अपिल

By Bala Adhikari

April 10, 2018

कांग्रेस नेता प्रकाश मान सिंहले बर्तमान सरकारले कांग्रेसले लिएको अर्थ निति गलत थियो भन्ने देखाउनका लागि श्वेतपत्र जारी गरि निजि क्षेत्र र अर्थतन्त्रलाई आतङ्कित बनाउने प्रयासमा सरकार लागेको बताएका छन् ।

आज नेपाल प्रेस युनियन गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै प्रधानमन्त्रीको भारत भ्रमण प्रम भए पछि भारत भ्रमणका निरन्तरताको लागि मात्र भएकाले यसलाई चमत्कारको रुपमा बुझ्नु जरुरी नभएको भन्दै सम्झौतामा पहिले पहिले हुने गरेकाले यस पटक भएका कुरा कार्यान्वयन गराउन सके मात्र मुलकमा उपलब्धि हुने बिचार व्यक्त गरे ।

कांग्रेस विधि सम्वत चल्न नसक्नु लोकतान्त्रिक बिधिलाई आत्मासाथ गर्न नसक्नु नै हारको मूख्य कारण भएकाले पार्टी विधि सम्वत ढंगले चलाउन र सुधार गरेर जान सके मात्र कम्युनिष्ट गठबनधनसँग प्रतिस्पर्धामा उत्रिन सक्ने भएकाले आफुहरु सुधारमा लागि पर्नै बताएका छन् ।

दुई महिनामा गर्नु पर्ने पदाधिकारी नियुक्ति अब गरे बिधान बिपरित हुने भएकाले सभापतिले बिधान बिपरित कुनै निर्णय गरे त्यो अबैधानिक निर्णय आफु हरुलाई स्वीकार्य नहुने उनको भनाइ छ । उनले पार्टी भन्दा आफ्नु गुट बलियो बनाउन बिधान निर्णय गरे यसले समूह त बलियो बन्ला तर पार्टी कमजोर हुने धारणा व्यक्त गरेका छन् ।

नेताले गर्नै निर्णय भन्दा पनि बिधिले गर्ने निर्णयमा लाग्न सबैमा अनुरोध गरेका छन् । चुनावी समिक्षा र सुधारका लागि भएका प्रयासलाई गलत रुपमा नलिई पार्टी सुधारका लागि भएका गलत कुराहरुलाई सुधार्नतिर नलागि बिरोध गर्याे भनेर नबुझ्न समेत आग्रह गरेका छन् । देश भरका सबै नेता कार्यकर्ताहरुलाई निरास नभई संगठन सुधारमा लाग्न अपिल गरेका छन् ।

गुल्मी कांग्रेसले बैशाख १ गते बाट सुरु गर्न लागेको गाउँ जाउँ गाउँमै रमाउ भन्ने ५० दिने अभियान मा सभागी हुने नेता कार्यकर्ताहरुलाई समेत पार्टी अभियानमा जुट्न निर्देशन दिएका छन् ।