Uncategorized

एसईईको नतिजा प्रकाशित ४ लाख ४५ हजार ५६४ उत्तीर्ण कसरी हेर्ने रिजल्ट विस्तृत जानकारी सहित

By Bala Adhikari

June 16, 2017

काठमाडौं, असार २ । माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा सार्वजनिक भएको छ । नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२ जना उत्तीर्ण भएका छन् । यस वर्षको एसईई परीक्षामा ४ लाख ६२ हजार १३६ जना परीक्षार्थी संलग्न थिए । परीक्षामा संलग्न सबै उत्तीर्ण भएका छन् ।

परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाईटमा नतिजा राखिएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले बताएका छन् । नेपाल टेलिकमको IVR सेवाको सटकोड १६०० मा फोन गर्ने, शिक्षा मन्त्रालय सिंहदरवार काठमाडौं www.moe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुर www.doe.gov.np, परिक्षा नियन्त्रण कार्यलय सानोठिमी भक्तपुर www.soce.np, राष्ट्रिय परिक्षा वोर्ड सानोठिमी भक्तपुर www.neb.gov.np, मा search गरेर websiteमा पनि हेर्न सकिन्छ । नतिजा चित्त नबुझ्ने परीक्षार्थीले आजको मितिले १५ दिनभित्र पुर्नमूल्यांकनका लागि निवेदन दिन सक्नेछन् । परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मलेनमा दिएको जानकारी अनुसार यस वर्षको एसईई परीक्षाका लागि कुल ४ लाख ८३ हजार ९ सय ६४ जनाले आवदेन दिएका थिए । कुल आवेदकमध्ये ११ हजार ८ सय २५ विद्यार्थीहरु परीक्षाका लागि अयोग्य ठहरिएका थिए । त्यस्तै १० हजार ६ जना विद्यार्थी परीक्षामा अनुपस्थित भएका थिए । बाँकी ४ लाख ६२ हजार १ सय ३६ सहभागी भएका थिए ।