कभर स्टोरी

भारतले नेपालको संविधान स्वीकार गर्नु खुशीको कुरा हो : नेता गच्छदार

By Bala Adhikari

April 13, 2018

विराटनगर, चैत २९ । भारतले नेपालको संविधानलाई स्वीकार गरेकोमा नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले खुशी व्यक्त गरेका छन् ।

उनले भारतले संविधान स्वीकार गर्नु भनेको खुशीको कुरा भएको बताएका छन् । संविधान बनाउने अधिकार नेपाली जनता र राजनीतिक पार्टीको भएकाले प्रधानमन्त्री केपी ओलीको हालै भएको भारत भ्रमणमा यस विषयमा कुरा नउठ्नुले संविधान सर्वस्वीकार्य बनेको प्रस्ट्याए ।

नेता गच्छदारले आगामी वैशाख ७ गते बस्ने काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकबाट पार्टीमा खाली रहेका केन्द्रीय पदाधिकारी छान्ने बताएका छन् ।

विगतमा लोकतान्त्रिक फोरमसँग भएको सहमति अनुसार कार्यकर्तालाई काँग्रेसमा सम्मानजनक सहभागिता हुने उनको भनाइ छ ।