कभर स्टोरी

ट्रेड युनियन काठमाडौंमा भुसाल निर्वाचित

By Bala Adhikari

April 13, 2018

काठमाडौं, चैत ३० । नेपाल ट्रेड युनियन कांग्रेसको काठमाडौं जिल्लाको लामो विवादपछि सम्पन्न निर्वाचनबाट अध्यक्ष पदका लागि देवी प्रसाद भुसाल निर्वाचित भएका छन् । भुसालका निकटतम प्रतिद्वन्दी प्रत्यासी भगवती फुयाँललाई पराजित गर्दै भुसाल निर्वाचित भएका हुन् । भुसालले ८२४ मत ल्याउँदा फुयाँलले ८०६ मत प्राप्त गरिन् ।

नेपाली कांग्रेसको राजनीतिमा भुसाल समुहलाई वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट समर्थन रहेको थियो भने भगवती समुहलाई पार्टी सभापति शेर बहादुर देउवा तथा निकटहरुको समर्थन रहेको थियो । नेपाल ट्रेड युनियन कांग्रेसका शाखाहरु मध्येको सबैभन्दा धेरै सदस्य रहेको ठूलो शाखा काठमाडौं शाखा हो । यस शाखाले ट्रेड युनियनको केन्द्रीय राजनीतिमा पनि निकै प्रभाव पार्ने देखिन्छ ।

कार्यसमितिको खुल्ला उपाध्यक्षमा इश्वर प्रसाद घिमिरे ७७७ मत ल्याइ निर्वाचित हुँदा सविन कुमार पन्तले ७४७ मत ल्याएका छन् । उपाध्यक्ष महिलामा तारादेवी केसीले ८२८ मत ल्याएर निर्वाचित हुँदा माया नेपालीले ७१३ मत ल्याउन सफल भइन् । उपाध्यक्ष सेवा क्षेत्रबाट धन प्रसाद पौडेलले ७८४ मत ल्याएर निर्वाचित हुँदा सजिव श्रेष्ठले ७२१ मत ल्याउन सफल भए । उपाध्यक्ष उत्पादनबाट दिनेश थापा ७७० मत ल्याएर निर्वाचित हुँदा उदय बहादुर लामाले ७११ मत मात्र प्राप्त गरे ।

उपाध्यक्ष अनौपचारिक क्षेत्रबाट ७८७ मत ल्याएर योगेश केसी निर्वाचित हुँदा राम बहादुर भण्डारीले ७१९ मत ल्याएका छन् । ५ उपाध्यक्षमा ४ फुँयाल समहुबाट निर्वाचित हुँदा १ जना भुसाल समुहबाट निर्वाचित भएका हुन् । सचिवमा विष्णु प्रसाद कोइराला निर्वाचित भए । सहसचिवमा प्रल्हाद फुयाँल र राजनकुमार कार्की निर्वाचित भएका छन् । कोषाध्यक्षमा र सहकोषाध्यक्षमा विमल प्रसाद तिमिल्सिना र मनिका तामाङ निर्वाचित हुन सफल भए ।

सदस्य खुल्लामा उत्तम पौडेल, गणेश प्रसाद धिताल, गिरिराज अर्याल, धर्मसागर ढकाल, प्रभुदास न्यौपाने निर्वाचित भएका छन् । महिला सदस्यमा भने निरमाया तिमिल्सिना र यान्जुदेवी दाहाल गिता भट्टराई र सृजना अर्याल निर्वाचित भए ।