कभर स्टोरी

वडाअध्यक्षद्वारा आफ्नो मासिक भत्ताबाट विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

By Bala Adhikari

April 14, 2018

ओखलढुंगा जिल्लाको चम्पादेवी  गाउँपालिका वडा नं  १० का वडा अध्यक्ष उज्जन बुढाथोकीले  आफुले मासिक रुपमा पाउने भत्ताबाट विद्यार्थीहरुका लागि शैक्षिक सामग्री वितरण गरेका छन ।

उनले आफ्नो भत्ता बापतको रकमले सोहि वडामा रहेको सुनकेशरी मा वी रानिवनलाई एक थान कम्प्युटर र बिध्यार्थिहरुलाई शैक्षिक सामाग्री वितरण गरेका हुन ।

ग्रामिण विकास विषयमा स्नातकोत्तर गरेका २५ वर्षीय  वडा अध्यक्ष बुढाथोकी ओखलढुंगाका कान्छा वडा अध्यक्ष मध्येमा पर्दछन ।

कार्यक्रममा वडा अध्यक्ष बुढाथोकीले आफ्नाे लक्ष्य भनेको स्वास्थ शिक्षा खानेपानी बाटो बत्ती रहेको जनाउदै आफुले चुनाव अगाडि बाेलेको र घाेषणा पत्रमा समावेश गरेको सबै कामहरू आफ्नाे कार्यकालमा पूरा गर्ने प्रतिबद्धता जनाए । उनले आफ्नो वडा चम्पादेवि ओखलढुंगाको समृद नमुनावडा बनाउने बताएका थिए ।

अध्यक्ष बुढाथोकीले आफु सदैव रानिवन र समग्र चम्पादेविकाे सिर उच्च राख्ने काममा लागि पर्ने वताएका थिए ।

उनले वडाका विद्यालयमाTLC कक्षा ,पूर्वाधार विकास र जेष्ठ नागरिक सम्मान जस्ता कार्यक्रम पनि   सम्पन्न गरेका छन।