सुर्खेत, वैशाख २ । कर्णाली प्रदेश आर्थिक र मानव विकास सूचकांकमा पछाडि परेकाले विकास र समृद्धिको यात्रा पनि कर्णालीबाटै थालिएको प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेका छन् ।
आज मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कर्णालीलाई समृद्धिको यात्रामा अगाडि बढाउन संघीय सरकार र प्रदेश सरकारले योजना बनाइरहेको भन्दै अब कर्णाली प्रदेशलाई पछाडि पर्न नदिने बताए ।
उनले विकासका दृष्टिले पछाडि परेको प्रदेशलाई विकासको मूलप्रवाहमा ल्याउनका लागि आफूले पहिलो प्रदेश भ्रमण कर्णालीबाटै गरेको स्पष्ट गर्दै कर्णाली प्रदेश दक्षिणको छिमेकी भारतसँग सीमा नजोडिएकाले उत्तरको छिमेकी चीनसँग विभिन्न ठाउँमा सीमा जोड्नुपर्ने आवश्यकता औंल्याए ।