विदेश

क्यानडाका प्रधानमन्त्री द्धारा जनसम्पर्क समिति, क्यानडा मार्फत शुभकामना ।

By Bala Adhikari

April 16, 2018

राजु थापा, क्यानाडा ।

क्यानाडाका प्रधानमन्त्री जस्टिन टूडोले नेपाली नयाँ बर्ष २०७५ को उपलक्ष्यमा नेपाली जनसम्पर्क समिति, क्यानाडा मार्फत सम्पूर्ण नेपाली समूदायका लागि सुभकामना सन्देश पठाएका छन् । सन्देशमा प्रधानमन्त्री टुडोले नेपाली तथा नेपाली समूदायका सदस्यहरुले क्यानाडामा पुर्याउदै आएको योगदानको प्रसंशा गर्दै नेपाल र क्यानाडा बिचको परम्परागत आपसि सम्बन्धको बारेमा चर्चा गरि खुसि ब्यक्त गरेका छन् । साथै आउदा दिनहरुमा नेपाली तथा नेपाली समूदायबाट अझ बढि सहभागिताको अपेक्षा गरेको कुरा नेपाली जनसम्पर्क समिति, क्यानडाका महामन्त्री तथा क्यानेडियन मामिला प्रमूख दिपक मोहन भट्टराईले जानकारी गराएका छन् । साथै लिबरल पार्टिका गल्फ क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद Lloyd Longfield ले पनि टुइट मार्फत शुभकामना दिएका छन् ।

क्यानाडाका १५औं पूर्व प्रधानमन्त्री Joseph Philippe Pierre Yves Elliott Trudeau का छोरा जस्टिन टूडो क्यानाडाका दोश्रो युवा चर्चित प्रधानमन्त्रीका रुपमा चिनिएका छन् । उनी लिबरल पार्टिको तर्फ बाट २०१५ मा प्रधानमन्त्री भएका हुन् ।

क्यानाडामा नेपाली संघ संगठनहरुको गठन दिनानुदिन बढ्दै गैरहेको सन्दर्भमा समूदायको विकाशका लागि क्यानेडियन सरकार संग कुटनितिक स्तरमा खासै पहल कसैले गर्न सकिरहेका छैनन् । यस्तो अबस्थामा नेपाली जनसम्पर्क समिति, क्यानडाको पहललाई भने सकारात्मक रुपमा हेर्न सकिन्छ ।