कभर स्टोरी

उपत्यकामा महिला हिंसा विरुद्व संयुक्त ¥याली सञ्चालन

By Bala Adhikari

April 20, 2018

काठमाडौँ, वैशाख ७ । वर्षौनी उपत्यकामा महिला हिंसा बढिरहेका पाइन्छ । महिला हिंसा न्यूनीकरणका लागि उपत्यकामा कार्ययोजनाको खाँचो रहेको जनाइएको छ ।

महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कको आयोजनामा ‘मानव बेचबिखन तथा ओसारपसार र यौनजन्य दुव्र्यवहारविरुद्धको ¥याली’मा आज आयोजित कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख विश्वराज पोखरेलले समाज रुपान्तरणका लागि प्रहरीको सेवाले मात्रै नपुग्ने र यसमा आम समुदाय, र जनताको समेत सहयोग आवश्यक रहेको बताए । महिलामाथि हुने घटना दिनहुँ बढ्दै गएकाले यसको नियन्त्रणका लागि सबै लाग्नुपर्ने परिसरका प्रमुख पोखरेलले जानकारी गराए ।

बसपार्क क्षेत्रमा दिनहुँ मानव बेचबिखन र यौनजन्य दुव्र्यवहार बढ्दै गएको भन्दै यसलाई रोक्न नगरपालिका प्रहरीसँग हातेमालो गरेर अगाडि बढ्ने विश्वास टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले व्यक्त गरे ।

महिलामाथि हुने यौन हिंसा कमी गर्दै समाज रुपान्तरणका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको सामुदायिक सेवा केन्द्र गोङ्गबुका अध्यक्ष शैलेश कार्कीले बताएका छन् । मानव बेचबिखन र यौनजन्य घटना रोक्न प्रभागले गोङ्गबु क्षेत्रमा रहेर महिलाको हकहितमा काम गर्ने संघसंस्थासँग समन्वय गरी संयुक्त ¥याली सञ्चालन गरेको प्रभागका प्रमुख प्रताप पौडेलल समेत स्पष्ट पारेका हुन ।

¥यालीमा मित्रनगर टोल विकास समाज, सामुदायिक प्रहरी सेवा केन्द्र, संस्कार समाज नेपाल, धनेश्वरी आमा समूह, महिला उपकार समाज सुधार मञ्च, समाज उत्थान महिला मञ्च, महिलाका लागि महिला मञ्च, शक्ति समूह गोङ्गबु, जनकल्याण सामाजिक केन्द्र, सयपत्री आमा समूह, स्वेत सदन बोर्डिङ स्कूललगायत संघ संस्थाका झण्डै एक हजार जनाको सहभागिता रहेको थियो । यस्ता दृश्य वा अदृश्य रुपमा हुने महिला हिंसा उपत्यकामा मात्र नभएर देशको कुना कुनामा दिनहुँ बढ्दो छ ।