जिल्ला-विशेष

कर्णाली प्रदेशका मुख्यमन्त्रीद्वारा प्रदेश प्रमुखसमक्ष नीति तथा कार्यक्रम पेश

By Bala Adhikari

April 22, 2018

सुर्खेत, वैशाख ९ । सरकारका नीति तथा कार्यक्रम कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश प्रमुख दुर्गाकेशर खनालसमक्ष आज पेश गरेका छन् ।

बिहान ११ः३० बजे प्रदेश प्रमुखको कार्यालयमा सरकारको नीति तथा कार्यक्रम पेश गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले बताएका छन् ।

मन्त्रिपरिषद् बैठकद्वारा स्वीकृत नीति तथा कार्यक्रम प्रदेश प्रमुखले प्रदेशसभामा पेश गर्ने संवैधानिक प्रावधान रहेको छ । कर्णाली प्रदेश सरकारको शनिबार सम्पन्न मन्त्रिपरिषद् बैठकले चालू आर्थिक वर्ष २०७४/७५का लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको थियो ।

कर्णाली प्रदेशसभाको आजै बस्ने बैठकमा प्रदेश प्रमुखले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।