कभर स्टोरी

नेपालका हिमशृङ्खलामा जलवायु परिवर्तनको असर देखा परेकोमा चिन्ता व्यक्त

By Bala Adhikari

April 23, 2018

काठमाडौँ, वैशाख १० । विश्वको सर्वाेच्च शिखर सगरमाथामा कुनै कारणले प्रदूषण हुन नहुने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

प्रधानमन्त्री ओलीले पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको रजत दिवसका अवसरमा सगरमाथालगायत नेपालका उच्च  हिमशृङ्खलामा जलवायु परिवर्तनको असर देखा पर्न थालेकामा चिन्ता व्यक्त गर्दै संसारका ठूला देशका कारण भएको कार्बन उत्सर्जनको असर नेपालका हिमालमा देखिनु दुःखद कुरा हो भने ।

सगरमाथा सफा हुन महासागरको सफाइमासमेत ध्यान दिनुपर्नेमा प्रम ओलीको जोड छ । प्रधानमन्त्री ओलीले सगरमाथा क्षेत्रमा खाद्य पदार्थका खोल, प्लाष्टिकजन्य पदार्थ फालेर सगरमाथाको प्राकृतिक स्वरुपलाई कुरुप बनाउन नहुने बताएका छन् । पासाङ ल्हामु शेर्पा नेपाली महिलाका प्रेरणाकी स्रोत र साहसी भएको उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले नेपालमा असंख्य हिमाल रहेको भन्दै तिनको संरक्षणमा ध्यान दिनु आवश्यक रहेको बताएका छन् । हाम्रा हिमाललाई संरक्षण गर्नुपर्छ– प्रधानमन्त्री ओलीले भने ।