काठमाडौँ, वैशाख ११ । संविधानलाई संस्थागत गर्न सबै दल एकजुट भएर अगाडि बढ्नुपर्ने नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले बताएका छन् ।
रत्नराज्य माविको ५७ औँ वार्षिक उत्सवका अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संघीय गणतन्त्रात्मक र समावेशी संविधानलाई संस्थागत गर्ने बाटोमा सत्तामा बसेका र विपक्षी दल एक जुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।
नेता सिंहले रत्नराज्य विद्यालय नमूना विद्यालयका रुपमा अगाडि बढिरहेको भन्दै अझै गुणस्तरीय शिक्षा प्रदान गर्न अनुरोध गरे ।
उक्त अवसरमा सोही विद्यालयमा पढेर मुलुकका उच्च ओहदामा पुग्न सफल व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।