–राजेन्द्र प्रसाद पाठक
बि.संं २०७२ साल अगाडिको घटना हो । कुनै कारणवस म एकजना साथीसंग कुनै योजना र काम विनै एउटा घरमा प्रवेश ग–यौं । साथमा गएका साथीले सोधी हाले चक्र दाई हुनुहुन्छ ? माथीबाट एउटा आवाज सुनियो । पाँच मिनेटमा आईपुग्छु कोही आयो भने बस्दै गर्नु भनेर बाहिर निस्कनु भएको छ बाबु । यो महिला आवाजले हामीलाई बैठकमा बस्न आव्हान ग–यो । हामी केही संकोच मानेरै भए पनि उनको बैठकमा बस्न बाध्य भयौं । सायद दश पन्ध्र मिनेट पछि मात्र होला एउटा मोटो पुरुष आवाजले सोधनी ग–यो । मलाई भेट्न कोही आएका छन् ? अनि फेरी महिला आवाजले जवाफ फर्कायो । अँ हो आउनु भएको छ । मैले त बैठकमा बस्नु भनेको छु । तपाईंलाई पर्खि रहनु भएको छ । अनि चिया , कफी पानी केही खुवाईनौ त ? संगै महिला ध्वनी फर्कियो , आफुले छुन नहुने के गर्नु !!
प्राय ब्राम्हण , क्षेत्री र ठकुरी समुदायमा महिलाहरुले महिनावारी बार्ने चलन यद्यपी छदै छ । त्यसैले होला । सम्वाद समाप्त भएको एक निमेशमै एक जना हृष्ट पुष्ट शरिर भएको पुरुषको प्रवेश बैठक कोठामा भयो । हामीलाई अभिवादन गरे हामीले सोही हैसियतमा फर्कायौं । मैले साथ साथमा आफ्नो नाम थर समेत एकै सासमा भन्न भ्याएँ । अनि हामीलाई कौसिमा बस्ने र कुरा गर्ने निधो गरे । हामी पनि साथै लागेर भ–याङ तिर उकालो लाग्यौं । छतमा प्लाष्टीकको मेच रहेछ । त्यहीं बसेर मेरा साथीले केही आफ्ना कुराहरु गरे । म सुनेर बसीरहें कुराको टुङ्गो नलाग्दै । श्रीमतीलाई चिया बनाउन भने । त्यत्तीकैमा महिला आवाजले अघिको कुरा सम्झायो । फेरी ए हो त नी ! मैले त कुरै कुरामा बिर्सिएछु भन्दै चिया पकाउन आफै तम्सिएका सभासदलाई रोक्दै हामीले भन्यौं । हुन दिनुस दाजु । दःख नगर्नुहोस् हामी भर्खरै मात्र चिया बाहिरै पिएर आएको । चिया बढी पनि भैसकेको छ । आज दुःख नगर्नु भन्दा जवाफमा उनले भन्दै थिए । तिमी त धेरै पटक मेरो घरमा आई सक्यौ । र हामीले धेरै पटक साथै चिया खाई सक्यौं तर पाठक जी आज पहिलो पल्ट मेरो घरमा आउनु भएको छ । त्यसो गर्न मिल्दैन । कुरा गर्दै म आफै एकै छिनमा बनाई हाल्छु नखाई जानै मिल्दैन । गयौ भने रिसाउँछु । भने पछि त मन राख्नकै लागी पनि बस्नु प–यो । यत्तीकैमा तिन वटा पटमा चिया आयो । हामी चियाको चुस्कीमा केही बेर गफियौं । अरु थप पन्ध्र मिनेटको बसाई पछि बिदाबादी भएर हामी फर्कियौं । उहाँ काठमाण्डौं क्षेत्र नं. ३ बाट कांग्रेस पार्टीबाट निर्वाचित सभासद हुनुहुन्थ्यो । तर म भने पहिलो पल्ट मात्र परिचित भएको रहेछु ।
माथी उल्लेखित् कुराहरु सबै सबै आजको दिनसम्म आई पुग्दा अतित भैसके तर मेरो स्मृतीपटलमा भने ताजै छ । एउटा प्रथम परिचित वा अपरिचीत मानिसलाई पनि स्मरण योग्य बनाई राख्न सक्ने क्षमता र योग्यता नै समाजसेवी र राजनितीज्ञको अब्बल कसी हो भन्ने मलाई लाग्दछ । त्यसैले नै म आज सम्म उहाँका बारेमा सोच्न बाध्य भएँ । त्य पछिका दिनहरुमा सार्वजनिक कार्यक्रममा बोलेको सुन्ने बाहेक हाम्रो खासै औपचारीक भेटघाट नभईकनै उहाँ यस संसारबाट बिदा हुनु भयो । बि.सं. २०७२ सालको महाभुकम्पको कारणले श्रृजना भएको पहिरोमा परी रसुवा जिल्लाको कार्यक्रम सकेर फर्कंदै गर्दा उहाँको निधन भयो । अब हामी उहाँको सम्झना गर्न वाहेक अरु केही पनि गर्न सक्दैनौं । अझै उहाँको पार्टी कांग्रेसले त संझियो संझिएन त्यो खासै थाहा भएन । एक पटक मलाई संझना छ । नेपाललाई संघियतामा लैजाने नै भए । यिनै पाँच बिकाश क्षेत्रलाई नै संघियताको नाम दिए हुन्छ भनेर सार्वजनिक कार्यक्रममा बोल्ने पहिलो सभासद उहाँ नै हुनुहुन्थ्यो हाला सायद !
दाश्रो संविधानसभाको निर्वाचन पछि त धेरैले नै यो कुराको उठान गर्न वाध्य भए किन की जातीय , क्षेत्रिय , भाषिक , लैंङ्गीक नारा र बिदेशी चलखेलले ग्रस्त भैसकेपछि मात्र अन्यको ध्यान पाँच बिकाशक्षेत्र पट्टी गएको थियो । नत्र भने त्यसलाई महेन्द्रवादी सोचको संज्ञा यिनै नेताहरुले भिराई सकेका थिए । एउटा अब्बल सोच र धारण बनाउन सक्ने नेताका रुपमा उनलाई आजसम्म चित्रण गर्न सकिन्छ । बिगत तिन बर्ष अगाडी गएको महाभुकम्पमा हामीले ति यस्ता अब्बल युवा नेतृत्व लगाएत बिभिन्न क्षेत्र , तह तप्काका ज्ञानी गुणीहरुलाई प्राकृतिक प्रकोपिय बिसर्जन गर्नु प–यो । सबैलाई एक पल्ट संझिएर भावपुर्ण श्रद्घाञ्जली अर्पण त गर्नै पर्छ । त्यत्ती मात्र नभएर त्यस्ता अब्बलहरुको बिचार , भावना , सोच र शैलीलाई भने सधैं सधैं आत्मसाथ गरिरहन सक्यौं भने बिचार र भावनाले भने तिलाञ्जली पाउने छैन । आज यो संसार जे जती सम्पन र सवल बन्न सम्भव भएको छ । त्यो पनि बिचारकै कारण मात्र संभव भएको हो । त्यसैले अब्बल दर्जाको बिचार र योजना जो सुकैको होस त्यसलाई मर्न दिनु हुँदैन । यदी त्यसो भयो भने एक अर्कामा प्रतिशोधको भावना पैदा हुन गई अपनत्व भन्दा परतत्वको विकाशले छलाङ्ग मार्न सक्दछ । फलस्वरुप देश अफ्रिकन गृहयुद्घले पिल्सीएको देशको नियती बन्न बेर लाग्दैन । समग्रमा जो जुनसुकै सिद्घान्तले पे्ररित भएता पनि उसको एउटा न एउटा कंक्रिट बिचार , भावना र योजना हुन्छ त्यो चिज समाज उपयोगी छ भने अवलम्बन गर्न गराउन हिच्किचाउनु हुँदैन । निष्कर्षमा सदावहार जिवीत रहने भनेकै बहुआयामिक बिचार र योजना नै हो । अरु बाँकी भौतिक चिज बस्तुको अन्त्य अवश्वम्भावी नै छ । अस्तु !!!