जिल्ला-विशेष

समृद्ध झापाका लागि अन्तराष्ट्रिय झापाली समाज

By Bala Adhikari

April 26, 2018

समृद्ध झापाका लागि अन्तराष्ट्रिय झापाली समाज भन्ने नाराका साथ दोहाको कतारमा आजदेखि तिन दिनसम्म अन्तराष्ट्रिय झापाली समाजका मध्यपुर्व क्षेत्रिय भेला सुरु भएको छ । जन्मेको ठाउँ र हुर्केको गाउँवाटै बिकासको मुल रोप्न सकेमात्र देश समृद्ध हुन्छ भन्ने सोचका साथ अन्तराष्ट्रीय झापाली समाजको गठन भएको थियो । यतिखेर २४ देशमा फैलिएको झापालीहरुको यो समाजले कतारको दोहामा तिन दिनसम्म झापाको बिकास र बिस्तारमा सहयोग पुरयाउने योजना बुन्ने तथा सामुहिक लगानीको निचोड निकाल्ने कुरा समाजका अध्यक्ष तथा एनआरएन अस्ट्रेलियाका पुर्व उपाध्यक्ष दिनेश पोखरेलले बताए । झापाको शिक्षा र स्वास्थमा सहयोग र सामुहीक लगानी यस पटकका हाम्रा बिशेष एजेन्डाका रुपमा रहेका छन , हामीले त्यस बाहेकका अन्य बिषयमा पनि छलफल अगाडि बढाउने छौ, अध्यक्ष पोखरेलले सुनाए । हामीले संस्था गठन भएलगत्तै झापाका बाढिपीडितलाई १२ लाख रुपैया बराबरको सहयोग गर्नुका साथै कमल गाउँंपालीकाका बाढि पीडितको सहयोगार्थ करिब तिस लाख रुपैयाको लागतमा ९ वटा घर निमार्ण गर्दैछौ । झापाको समग्र बिकाशमा झापाली समाजको योगदान रहने बताउदै अध्यक्ष्य पोखरेलले भने,हामीले झापा गोल्डकपमा समेत सह प्रायोजकका रुपमा सहयोग गरेका छौ ।

प्रवासमा रहेका झापाली बिचको एकता सहकार्य र सदभावसँंगै हाम्रो मुख्य उद्देस्य भनेको झापाका समग्र बिकास नै हो , यस भेलामा हामी केहि नया योजना बुनेर चार्डनै सार्वजनिक गर्ने छौ, पोखरेलले सुनाए । बिदेशमा बस्दा सबैभन्दा मिस हुने भनेको कुरा आफनो गाउँं ठाउँंनै रहेछ । यसैले पनि झापाली समाजको माध्यमवाट आफनो घर आगनसँंग जोड्ने र माया साटने अनि अनुभव बाड्ने वाटोको रुपमा समाजको स्थापना भएको हो,पोखरेलले भावुक हुँंदै सुनाए । अस्ट्रेलियामा ब्यवशाय गरेर बसेका पोखरेल चलचित्र निमार्ता समेत हुन । भेलाको बन्दसत्र प्रारम्भ भएपनि शुक्रबार एनआरएनका केन्द्रिय अध्यक्ष भवन भट्टले औपचारिक रुपमा भेलाको उदघाटन गर्ने कार्यक्रम रहेको समाजका प्रवक्ता महेन्द्र चौलागाइले सुनाए । अस्ट्रेलियावाट समाजका पुर्व संयोजक भवानी ओली, एनआरएन आइसीसी ओसेनिया खेल संयोजक भुपाल सिटौला र एनआरएनएका सदस्य अजय राजवंशी भेलामा सहभािग भएका छन । २४ देशवाट गरी कुल दुइ सय पचास प्रतिनिधीहरुको सहभागिता रहेको यस भेलामा अमेरिका,युरोप,एशिया ,मध्यपुर्व र ओसेनियाका क्षेत्रिय समीतीका प्रतिनिधीहरुको उपस्थीती रहेको प्रवक्ता चौलागाइले बताए ।