कभर स्टोरी

समृद्धिका लागि सबै दल मिलेर अघि बढ्नुुुपर्ने समय आएको : प्रचण्ड

By Bala Adhikari

April 26, 2018

रौतहट, वैशाख १३ । बाम गठबन्धनको सरकारले देशकै मुहार फेर्ने नीति तथा योजना ल्याउने तयारीमा रहेको पूुर्व प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुुष्प कमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।

आज रौतहटको उत्तरीभेग चन्द्रपुर नगरपालिका–२ जुुडिबेलास्थित स्मार्ट सिटीअन्तर्गत विभिन्न सडक तथा नाला शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो खालको धारणा व्यक्त गरेका हुन् ।

देशमा अबको यात्रा सुुशासन, स्थिरता र समृद्धिको रहेको उनले प्रस्ट्याएका छन् । अबको दिन एकपटक सबै दल मिलेर समृद्धिका लागि अघि बढ्नुुुपर्ने समय आएको अध्यक्ष दाहालको भनाइ छ । देशको हरेक राजनीतिक परिवर्तनमा रौतहटको अग्रणी भूमिका रहेको उच्च मूल्याङ्कन गर्दै उनले तत्कालीन शहरी विकास मन्त्री प्रभुु साहका पालामा देशको १० शहरमध्ये चन्द्रपुर पनि स्मार्ट सिटीको सूुचीमा परेको जानकारी गराए ।

चन्द्रनिगाहपुरमा विकासका लागि स्मार्ट सिटीमा रुपान्तरण गर्न डिपिआरको काम भइरहेको तथा औद्योगिक करिडोर निर्माण गर्न उद्योगमन्त्री मातृका यादवलाई आफुूले निर्देशन दिएको प्रचण्डले बताएका छन् । कार्यक्रमका सांसद प्रभुु साहले मानव सूुचकाङ्कमा सबभन्दा पछाडि ७५औँ स्थानमा रहेको रौतहट अब एक नम्बरमा आउने दाबी गरेका छन् ।

नेपाली काँग्रेसका सांसद देवप्रसाद तिमल्सिना, एमाले सांसद कल्याणी खड्कालगायतले चन्द्रपुर–२ जुुडिबेला क्षेत्रमा सिँचाइ खानेपानीको अभावसँगै अत्यन्त गरिबीको अवस्था रहेकाले समस्या सुल्झाउन अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराए ।

कार्यक्रममा शहरी विकास कार्यालय वीरगञ्जका इन्जिनियर एवं सो आयोजना प्रमुख श्रीभगवान गुुप्ताले आज शिलान्यास भएको सडकको कूल लागत रु आठ करोड ४० लाख तथा लम्बाइ १० किलोमिटर रहेको जनाएका छन् ।