– राजेन्द्र प्रसाद पाठक
मातृ देवो भव : पितृ देवो भव : गरु देवो भव : अतिथी देवो भव :
हाम्रो संस्कारले जन्म दिने आमालाई देवी समान मान्दछ , बाबुलाई देवता समान मान्दछ , ज्ञान र शिक्षा दिने गुरुलाई पनि देवता समान नै मान्दछ यसै गरी घरमा आउने पाहुनालाई समेत देवता समान नै ठान्दछ । यस बारेमा पुर्वीय दर्शनले प्रसस्तै उल्लेख गरेको छ । यसै कारण पनि होला हामीहरुको समाजमा पाहुना आउनुले देवताको आगमन मानेको छ । चाहे पाहुनाको नियत जे सुकै होस् । जती बेला यो संस्कारको विकाश भयो त्यती बेला यिनी चार तत्वमा विकार रहित अवस्था थियो होला । यस कारण पनि यि सम्मानित भएका होलान् । आज भोलीको हविगतलाई हेर्ने हो भने आफ्नै आमा बाबुलाई समेत बृद्घाश्रममा लगेर छोडी दिने सन्तानहरुको समेत कमी छैन । गुरुको र पाहुनाको सम्मानको त के कुरा भयो र ? आज भोली त गुरुहरु समेत आफ्नै चेलीसँग बिवाह गर्ने सम्मको त के कुरा अनैतिक सम्बन्ध राखेका समाचारहरु दिन दिनै दिक्क लाग्ने आवाजमा सुनिन थालेको छ । यस्तै हो भने कालान्तरमा यि सबै माथी उल्लेखित् कुराहरु विलुप्त भएर घाटा नाफाको विषय मात्र हावी हुन समय लाग्ने छैन ।
शहरिया तथाकथित ब्याक्तिवादी सभ्यतालाई छोडेर शहर देखी सुदुर गाउँ सम्मको यात्रा गर्ने हो भने धेरै नै ठाउँमा यो परम्परा जीवितै छ । जहाँ पाहुनालाई देवता समान नै ठान्दछन् । अझ साँझमा पाहुना आए भने त झन् त्यसको महत्व अलग्गै छ । त्यस्ता पाहुनाहरु घरबाट रिसाएर गए भने साक्षत भगवान रिसाउँछन् भन्ने हाम्रो जस्तो मान्यताको अभ्यास भएको समाजमा आफैले निमन्त्रणा गरेर आएका पाहुनाको त मान मनितो नै अर्कै हुन्छ । हामी उनीहरु अपमानित भएको सहन सक्दैनौं चाहे त्यो विगतको शत्रु नै किन नहोस् । साँच्चिकै हाम्रो समाजलाई अझै सम्म गहिरिएर नियाल्ने हो भने न त हामी शत्रुतामा बाँचेका छौं न त हामी मित्रतामा मात्रै बाँचेका छौं वास्तवमै हामी सत्यतामा नै बाँचेका हौंला । यसो भन्दा फरक परोईन । शत्रुलाई समेत मित्रवत ब्यावहार गर्न सक्ने हामी बुद्घका देशका बासिन्दा हौं । जहाँ बुद्घले अँगुलीमाल जस्तो आफुलाई नै मार्न आएका अपराधीलाई समेत क्षमा दिएर उच्च सम्मान दिएका थिए हाम्रा अग्रजहरुले । हाम्रो दर्शनले कृती , श्री , स्मृती , वाणी , मेघा , धृती र क्षमा यि सात गुणलाई ऐश्वर्य वा सम्पत्ती मान्दै आएको छ । हाम्रा कर्मभावले प्राप्त कृती जे छ त्यो सम्पत्ती हो, श्री आफैमा पनि सम्पत्ती नै हो । स्मृती वा सम्झनाशक्ति पनि सम्पत्ती नै हो । वाणी वा बोली यो पनि सम्पत्ती नै हो । मेघा वा बुद्घी यो झन् ठुलो सम्पत्ती हो । धृती वा धैर्य यो झनै ठुलो आर्जन हो । यो जो कोहिले प्राप्त गर्नै सक्दैन । क्षमा यो त पृथ्वीतलमा बुद्घलाई नै प्रथम प्राप्त भएको थियो । त्यसैले त आफुलाई मार्न आउने र आफ्ना बिरुद्घमा लागी पर्नेलाई समेत उनले क्षमा दान दिएर आफ्नै परम् प्रिय चेला बनाएका थिए ।
हाम्रो पसम्परा, संस्कार, संस्कृती र दर्शनले यस्ता अद्भुत योग्यता र क्षमाताको विकाश होस् भनेर हाम्रा पुर्खाहरुले यस्ता अमुल्य निधी हामीलाई छोडेर गएका छन् । त्यसको संरक्षण , संवर्धन र ब्यावहारमा उपयोग गर्न सक्नु हाम्रो परम कर्तब्य हो । त्यसै कारण पनि अरुहरु भन्दा बढी नै शभ्य बन्न सक्नु पर्ने हामीमा थप जिम्मेवारी छ । हामीबाट संस्कार र शभ्यता लुकी लुकी सिकेर ब्यावहारमा आफ्नो बनाई समाजलाई संम्प्रेषण गर्नेहरु समेत हामी भन्दा धेरै नै परिष्कृत भैसके हामी भने प्रतिशोधको भुमरीमा अल्मलीई रहनु उती सुहाउँदैन होला । अबको हाम्रो ब्याबहारले प्रतिशोधलाई भन्दा म्युचुअल प्रयासबाट देश र जनताको विकाश गर्दै कुचक्रमा रुमल्लीएको देशलाई निकाश दिन सक्नुमा नै हाम्रो कुटनीति सफल हुन सक्दछ । अन्यथा पुराना भैसकेका अतितलाई कोट्याएर खाटा लागेको घाउलाई शैनपल्टाउन तर्फ हाम्रो कुटनिती तल्लीन हुनु हदैन ।
अबको शताब्दीमा मुढे बलले होईन बुद्घीले काम गर्नुमा नै बढी सफलता प्राप्त हुने निशन्देह छ । भारतीय प्रधानमन्त्रीको आसन्न नेपाल भ्रमणले नेपाललाई भारतसंगको दुष्मनी होईन भातृत्व निर्माणमा सफलता प्राप्त होस । यी दुई छिमेकी बिच अन्योन्याश्रीत सम्बन्ध बन्न सकोस् । यस वैस्य युगमा आएर हामीले प्रतिशोध संगाल्नु भन्दा म्युचुअल बेनीफिट अंगाल्नुमा नै बुद्घीमानी ठहर्ला । हामी दुई देश बिचको सम्बन्ध देश देश र नेतृत्व नेतृत्व बिच मात्रै होईन जन जन बिचमा समेत शदियौं देखी रहदै आएको हुँदा सामाजिक , साँस्कृतीक , धार्मिक , भौगोलिक , राजनैतिक आदी बहुआयामिक स्तरमा अगाडी बढ्दै आई रहेको छ । ““ धर्तीमै छ सबै चिज खोजे मिल्छ घरी घरी , तर जन्म दिने आमा पाईंदैन कसै गरी ”” । यो पंक्तिले जे जस्तो सन्दर्भमा ब्याख्या गरेको भएता पनि हामी दुई देशलाई पृथ्वी माताले जन्माएको बखतमा नै एक आपसमा मिलेरै आ–आफ्नो अस्तित्व कायम राख्न निर्देशन दिएकी हुन कि भन्ने सम्मको भान पर्ने गरी हाम्रो सबैजसो संरचना निर्माण भएको छ । यसका लागि नेपालले मात्रै होईन भारतले समेत अबका दिनहरुमा पुराना तिक्ततालाई त्यागेर समानता, समान अस्थित्व र समभावको शैलीमा उत्रनु पर्ने जरुरी दुइपक्षीय महत्व टड्कारो रुपमा देखा पर्दैछ । हामी दुई देशको समभावले मात्रै हामीलाई चरम विकाश सम्म पुर्याउन सक्दछ । संमृद्घीको नाममा भौतिक संमृद्घीलाई मात्र यहाँ उल्लेख गर्न खोजिएको छैन । समग्र विकाश नै हाम्रो साझा संमृद्घी हो । यसको शुरुवात अबको शताब्दीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र हाम्रा प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई नै वर्तमानले सुम्पिएको छ । यदि यी कुराहरुमा यि दुई चुके भने यिनीहरुलाई समेत इतिहासले क्षमा दिने छैन । हामी दुई देश बिचको समग्र जनस्तरबाट समेत सहयोग पर्याउनु पर्नेमा वर्तमानले दायित्व प्रदान गरेको छ । त्यसका लागि जनस्तरमा समेत उत्तिकै जिम्मेवार रहन हामीलाई समयले निर्देशन गरी सकेको छ । हामी सबै पक्षको सजगताबाट मात्रै यो सम्भव होला । अन्यथा समयले हामीलाई पर्खने छैन । समय छदै सजगता पुर्वक काम गर्न सक्यौं भने मात्र भोलीको सफलता संभव होला । नत्र ““ न रह्यो बाँस न बज्यो बाँसुरी ” हुन बेर लाग्ने छैन । अस्तु !!