कभर स्टोरी

सीमा विवाद सुल्झाउन माग

By Bala Adhikari

May 02, 2018

काठमाडौँ, वैशाख १९ । कञ्चनपुरलगायतका जिल्लामा भारतीय पक्षबाट सिमाना मिचिएको भन्दै माओवादी पूर्व जनमुक्ति सेना, पार्टी नेपालले सीमा विवाद समाधान गर्न माग गरेको छ ।

भारतीय सीमा सुरक्षा बलले कञ्चनपुरमा सीमा अतिक्रमण गर्नुका साथै नेपालीमाथि दुव्र्यवहार गरेको आरोप लगाउँदै उक्त पार्टीले आज एक विज्ञप्तिमार्फत घटनाको निन्दा गरेको हो ।

सो पार्टीका अध्यक्ष रञ्जित गुरुङले विज्ञप्तिमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा रहँदा सीमा विवाद समाधानका लागि वार्ता गर्न नेपाल सकारसँग माग राखेका छन् ।

तत्कालीन माओवादीका पूर्व जनमुक्ति सेना सम्मिलित सो पार्टी हालै गठन गरिएको हो ।