काठमाडौँ, वैशाख २५ । सडक छेउमा राखिएका पैदलमार्गका सबै (फुटपाथ) पसल हटाउन काठमाडौँ महानगरपालिकाले शुरु गरेको छ ।
रत्नपार्कबाट थालिएको उक्त अभियान केही दिनमा सबै स्थानबाट पसलहरु हटाइसक्ने कामपाका सहप्रवक्ता नवराज ढकालले बताए । कामपाकाका भित्री शहरमा अझ बढी यस्ता पसल सञ्चालन हुँदै आएकाले सडक किनारामा यात्रा ग4र्ने यात्रुलाई कठिन हुने गरेको छ ।
अव्यवस्थित रुपमा राखिएको पसलले दुर्घटनामा समेत वृद्धि हुनाका साथै हिड्न समेत कठिन भएकाले पसल हटाउन यो अभियान थालिएको उनले जनाए ।
नगर प्रहरीको सहकार्यमा पसल हटाउने काम भइरहेको छ, शुरुवातका समयमा सबै स्थानमा नराख्नका लागि सुझाव दिने र त्यसपछि पनि राखेमा प्रहरीले सामग्रीसहित नियन्त्रणमा लिने र पसल राख्नेले जरिवानासमेत बुझाउनुपर्नेछ ।
अनुमतिबिना नै त्यस्ता पसल सञ्चालनमा हुने भएकाले तिनको संख्या कति छ भन्ने यकिन तथ्याङ्क छैन ।