आर्थिक

देशको आर्थिक विकासका लागि सधै सक्रिय रहन्छु : अध्यक्ष प्रचण्ड

By Bala Adhikari

May 09, 2018

काठमाडौँ, वैशाख २६ । आफूहरुले सम्पूर्ण शक्ति देशको आर्थिक विकासमा लगाएको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । उनले देशको आर्थिक विकासका लागि सधै सक्रिय रहने बताए । बुधबार बिहान आफ्नै निवास खुलमलाटरमा चिनियाँ कम्युनिस्ट पार्टी बेइजिङका उपाध्यक्ष लिजी याङको नेतृत्वको टोलीसँग भेटवार्ता गर्दै अध्यक्ष दाहालले सो कुरा बताएका हुन् ।

हाम्रो मुख्य ध्येय पर्यटन क्षेत्रको विकास गर्ने भन्ने हा अध्यक्ष दाहालले भने । त्यसका लागि सम्पर्क सञ्जालको विस्तार नै मुख्य कार्यसूची रहेको छ । त्यसमा सडक सञ्जालको विस्तार, रेलमार्गको विस्तार र सम्पर्क सञ्जालको विस्तारबाट मात्र पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ उनले भने । पर्यटन क्षेत्रको विकासका लागि चिनियाँ जनता र सरकारको चासोबारे प्रधानमन्त्री र सम्बन्धित मन्त्रीसँग छलफल गर्ने विश्वास उनले दिलाएकोे अध्यक्ष दाहालको सचिवालयले जानकारी गराएको छ ।

दाहालले प्रधानमन्त्रीका रुपमा पहिलोपटक चीन भ्रमण हुँदा तत्कालिन राष्ट्रपति हु जिन्ताओसँग यही सम्पर्क सञ्जालको विस्तारका विषयमा छलफल भएको स्मरण गर्दै भने, ‘म दोस्रो पटक प्रधानमन्त्री बनेपछि पनि यही विषयमा राष्ट्रपति सि जिङपिङसँग छलफल गरेको छु ।’ त्यसैगरी चिनियाँ प्रतिनिधि मण्डलले अध्यक्ष प्रचण्डलाई नेपालको व्यावहारिक नेतृत्व भन्दै उच्च प्रशंसा गरका थिए ।

उनीहरुले चिनियाँ जनताहरुको आकर्षक गन्तव्य नेपाल भएकाले नेपालको पर्यटन प्रवद्र्धनमा चिनियाँ लगानीकर्ता लोभिएको जानकारी गराएका थिए । दुई देशको आपसी सम्बन्धबाट नेपालको आर्थिक विकासमा सहयोग पुग्ने प्रतिनिधि मण्डलको नेतृत्व गरेर आएका उपाध्यक्ष लिजी याङले बताएको अध्यक्ष दाहालको सचिवालयले बताएको छ ।