कभर स्टोरी

मुख्यमन्त्री राउतको अभिव्यक्ति सच्याउन भीम रावलको माग

By Bala Adhikari

May 14, 2018

काठमाडौं, बैशाख ३१ । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिन्नदका क्रममा दिएको अभिव्यक्ति तत्काल सच्चाउने र आगामी दिनमा यस्तो अभिव्यक्ति नदिने वाचा गर्न एमाले सांसद भीम रावलले माग राखेका छन् ।

सांसद रावलले भारतीय जनता पार्टीका सांसद कीर्ति आजादको भनाइ नेपालको राष्ट्रियता विपरीतको कार्य भएको जनाउँदै उनले भत्र्सना गरे । ‘कीर्ति आजादबाट स्वभिमानमाथि जुनखालको प्रहार भएको छ त्यसलाई तत्काल उनी आफैले सच्चाउनुपर्ने रावलको भनाइ छ ।

जनकपुरलाई मिथिलाको राजधानी बनाउने र भारतमा फर्काउने भनाइ निन्दनीय रहेको उनले बताए । मेची–महाकाली जहाँको भए पनि निन्दनीय छ, निजले फिर्ता लिनुपर्दछ । यो नेपालमाथिको निर्लज्ज प्रहार हो ।

प्रदेश नं २ का मुख्यमन्त्री राउतको अभिव्यक्ति संविधानविपरीत भएकाले यस्तो कार्य सच्याउन रावलले माग गरेका हुन् ।

‘भारतीय प्रमको सम्मानमा जसरी मुख्यमन्त्रीबाट अभिव्यक्ति आयो उनले सार्वजनिक रुपमा सच्याउनुर्छ,’ रावलले भने, ‘हामीबीच मतभेद होलान्, मिलाउनुपर्ने होलान् तर त्यसलाई संविधान विपरीत कुनै विदेशी राष्ट्रप्रमुख समक्ष हात पसार्न मिल्दैन ।

चित्त नबुझेको कुरा हुन सक्ने भन्दै रावलले आफू पनि पछि परेको क्षेत्रको मानिस भएको तर यसरी संविधानविपरीत अभिव्यक्ति दिँदै नहिँडेको प्रस्ट पारे ।

‘संघीय सरकार अन्तर्गत अधिकार रहने संविधानमै उल्लेख गरेका छौं । संविधानको मर्यादालाई नाघेर गर्ने कार्य सह्य नहुने भन्दै उनले आक्रोश पोखे ।

नेपालको शान्ति प्रक्रिया विश्वमै गर्व गर्नलायक भएको भन्दै रावलले संविधानका मतभेद आपसमा मिलाउनुपर्नेमा विदेशी व्यक्तिका अगाडि हात फैलाउन नहुने धारण व्यक्त गरे ।