विराटनगर, वैशाख ३१ । आफ्नो दललाई गति दिन नेतृत्व परिवर्तन आवश्यक रहेको नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले बताएका छन् ।
नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीलाई बलियो बनाउन नेतृत्व परिवर्तन आवश्यक रहेको बताउँदै पार्टीको विधान परिवर्तन गरेर भए पनि चाँडो महाधिवेशन बोलाउनुपर्ने माग समेत गरेका छन् ।
पार्टी सभापतिले विधान र सहमति बिपरित आफूमा शक्ति सञ्चय गर्नु अधिनायकवाद निम्त्याउनुसरह रहेृको प्रष्ट पार्दै नेता कोइरालाले इतिहासमै नेपाली काँग्रेस अहिलेको जस्तो कमजोर कहिल्यै पनि नभएको अभिव्यत्ति दिएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकोे नेपाल भ्रमण मुलुकका लागि महत्वपूर्ण उपलब्धि भएको जानकारी गराउँदै उनले यस भ्रमणले नेपालको पर्यटकीय क्षेत्रमा समेत सकारात्मक प्रभाव परेकाले यसको सही सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।