कभर स्टोरी

सुरक्षा दिन नसक्दा राष्ट्रको अपमान भएको आरोप

By Bala Adhikari

May 14, 2018

चितवन, वैशाख ३१ । आफूले बोलाएको पाहुनालाई सुरक्षा दिन नसक्नु राष्ट्रकै अपमान भएको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् ।

आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा भारतीय सुरक्षाकर्मी परिचालनले नेपाली सेनाको मनोबल गिराउने काम भएको चर्चा गर्दै उनले नेपालमा आफ्नै सुरक्षा निकाय हुँदाहुँदै पनि अरुले सुरक्षा दिनु भनेको त्यो भन्दा ठूलो राष्ट्रको अपमान र लाजमर्दो कुरा अरु केही हुनै नसक्ने बताए ।

संविधान संशोधन गरेर राष्ट्रिय समस्या समाधान गर्ने भए आफूहरु पनि सरकारमा जाने जनाउँदै अध्यक्ष यादवले जागिर खानका लागि मात्रै आफुहरु सरकारमा नजाने प्रस्ट पारे ।