आर्थिक

किसानमुखी नीति ल्याइने मुख्यमन्त्री राईको घोषणा

By Bala Adhikari

May 15, 2018

विराटनगर, जेष्ठ १ । प्रदेश नं १ का हरेक क्षेत्रको कृषि उत्पादन वृद्धि र खाद्यान्नमा आत्मनिर्भर बन्न सरकारले किसानमुखी नीति ल्याउने प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बताएका छन् ।

ताप्लेजुङ उद्योग वाणिज्य संघ र सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) द्वारा हिजो आयोजना गरेको‘कृषि मूल्य शृङ्खला विकास, अवसर र चुनौती’ विषयको छलफल कार्यक्रममा उनले सरकार कृषिसम्बन्धी योजना अघि बढाउने क्रममा रहेको जानकारी गराएका छन् ।

उद्योग वाणिज्य संघ ताप्लेजुङका सचिव भीष्मराज बरालले कृषकले राम्रो परिमाणमा अलैँची उत्पादन गरे पनि उचित व्यस्थापन हुन नसक्दा समस्या देखिएको बताएका छन् । कार्यक्रमका सहभागीले विद्यालयमा अलैँचीसम्बन्धी पाठ्यक्रम बनाएर दक्ष जनशक्ति उत्पादनु गर्नुपर्नेमा जोड दिएका छन् ।