काठमाडौं, जेठ २ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टीको एकता प्रक्रियालाई टुंगोमा पुर्याउने विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ ।
पार्टी एकताबारे ढिलाइ र अन्योलता हटाउन आजको भेटवार्ता निर्णायक हुनसक्ने अनुमान गरिएको छ । आजै साँझ एमालेले स्थायी कमिटीको बैठक समेत डाकेको छ ।