कभर स्टोरी

फौजदारी अभियोग लागेमा स्वतः निलम्बन हुने कानूनी व्यवस्थाको पक्षमा राप्रपा

By Bala Adhikari

May 17, 2018

काठमाडौँ, जेठ ३ । फौजदारी अभियोग लागेमा सांसदको पद स्वतः निलम्बन हुने कानूनी व्यवस्थाको पक्षमा रहने राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्णय गरेको छ ।

सो निर्णय पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले गरेको प्रवक्ता भुवन पाठकले बताए । वीरगञ्जमा यही जेठ ७ गतेदेखि ९ गतेसम्म हुने केन्द्रीय परिषद्को बैठकमा अध्यक्ष कमल थापाले प्रस्तुत गर्ने राजनीतिक कार्यपत्र, महामन्त्री राजेन्द्र लिङ्देनले प्रस्तुत गर्ने संगठनात्मक सुदृढीकरण कार्ययोजना, प्रवक्ता पाठकले प्रस्तुत गर्ने प्रशिक्षणसम्बन्धी कार्ययोजना, केन्द्रीय सदस्य गोविन्द खनियाँले प्रस्तुत गर्ने विधान संशोधनसम्बन्धी प्रस्ताव र केन्द्रीय सदस्य डा विष्णु भण्डारीले प्रस्तुत गर्ने निर्वाचन परिणाम समीक्षासम्बन्धी प्रतिवेदनलाई परिमार्जनसहित पारित गरिएको छ ।

उक्त प्रतिवेदन वीरगञ्जमा हुने बैठकमा प्रस्तुत गर्ने निर्णय गरिएको छ ।