कभर स्टोरी

प्रतिपक्ष दलले रचनात्मक तथा सिर्जनात्मक भुमिका खेल्नुपर्ने : प्रवक्त शर्मा

By Bala Adhikari

May 18, 2018

नेपालगन्ज, जेठ ४ । प्रतिपक्षले आन्दोलन, हडताल गर्छ भन्ने आममान्यतामा कांग्रेस नरहेको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् ।

नेपाल प्रेस युनियन, बाँके बाँकद्वारा आज बिहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले रचनात्मक तथा सिर्जनात्मक भूमिका प्रतिपक्ष दलले खेल्नुपर्ने उनको भनाइ छ ।

ढुंगामुढा गर्ने, हडताल गर्ने असल प्रतिपक्षको गुण नभएको भन्दै उनले नेपाली कांग्रेस असल प्रतिपक्ष रहेको बताएका छन् ।

वर्तमान सरकारको सय दिन पुगेपछि कामको समीक्षा नेपाली कांग्रेसले गर्ने जनाउँदै उनले कमजोर र गलत पक्षमा खबरदारी तथा सही कामको समर्थनमा आफ्नो दलले एक इन्च पनि कन्ज्युस्याँई नगर्ने प्रस्ट पारे ।

उनले दुई ठूला कम्युनिष्ट पार्टीले गरेको एकताले लोकतन्त्रलाई थप बलियो बनाउने भएकाले आफ्नो दलले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एक हुनुलाई त्यही कडीका रुपमा लिएको उनको भनाइ छ ।

एकपटक निर्वाचन हार्दैमा नेपाली कांग्रेस कमजोर भयो भनेर विश्लेषण गर्नु गलत हो, अब हारको समीक्षा गरेर संगठन निर्माणमा कांग्रेस परिचालन हुन्छ प्रवक्ता शर्माले भने ।