कभर स्टोरी

ओखलढुंगामा १७ जना एमाले र माओवादीबाट काँग्रेस प्रवेश

By Bala Adhikari

June 20, 2017

ओखलढुंगा, ओखलढुंगाको विगुटारमा सम्पन्न भएको नेपाली काँगेसको चुनावी सभामा १७ जना एमाले र माओवादीका सर्मथकहरु काँग्रेसमा प्रवेश छन् । उम्मेदवारी मनोनयनसँगै नेपाली काँग्रेस ओखलढुंगाको निर्वाचनको अन्तिम चरणको कार्यक्रम अन्तर्गत सिद्धिचरण नगरपलिका वडा नं। ७ , विगुटारमा आयोजित सभामा कार्यक्रमका प्रमुख अतिथि नेपाली काँगेसका नेता तथा सांसद बहादुर सिह लामाले उनीहरुलाई टिका लगाएर पार्टी पवेश गराएका थिए । यसरी नेपाली काँगेसमा प्रवेश गर्नेहरुमा फुर्ते शेर्पा , लाक्पा शेर्पा , धनबहादुर कटवाल , हरिबहादुर कटवाल , पेमा शेर्पा , दलबहादुर विक रहेका छन् । त्यसैगरी आशिष कटवाल , मेखबहादुर विक , फुर्वा शेर्पा , विकास भुजेल ,शङकर भुजेल , नरेन्द भुजेल ,फुर्दावा शेर्पा ,पाण्डव दाहाल र युवराज भुजेल लगायतका छन् ।

उम्मेदवारी मनोनयन दर्ता सँगै काँग्रेसको पक्षमा जनलहर बढेको र जनताको सद्भाव नेपाली काँग्रेसमा रहेकाले सांसद लामाले बताए । सोमबार मानेभञ्याङ गाँउपालिकाको केतुकेमा भएको चुनावी सभालाई सम्बोधन गरी विगुटारको सभालाई समेत सम्बोधन गरेका नेपाली काँग्रेसका युवा नेता एवम् सांसद रामहरी खतिवडाले ओखलढुंगाका सबै स्थानीय तहमा नेपाली काँग्रेसको माहौल राम्रो भएको बताएका छन् । । झुटो प्रचार र आर्थिक प्रलोभनमा नपरी ढुक्क भएर नेपाली काँग्रेसका उम्मेद्वारलाई मतदान गर्न खतिवडाले मतदात सँग अनुरोध समेत गरे ।

चुनावी सभालाई सम्वोधन गर्दै नेपाली काँग्रेस ओखलढुंगा महासमिति सदस्य मित्रसेन दाहालले विगुटारको विकासमा आफुले निरन्तर आफुले सहयोग गर्दै आएको र अब पनि नेपाली काँग्रेसका उम्मेदवार सँगै विगुटारको विकासमा सहयोग गर्ने बताए । सिद्धिचरण नगरपलिकाका मेयरका उम्मेद्वार डिल्लीराम खनालले आफु विजयी भएपछि विगुटारका लागि मोटर बाटोको स्तरोन्नती गर्ने, पोक्तिङ खोलामा मोटर पुल निर्माण गर्ने योजना रहेको बताए । ओखलढुंगाको तरकारी खेतीका रुपमा परिचित विगुटारलाई तरकारी खेतीको पकेट क्षेत्र घोषणा गरी विगुटारका कृषिकहरु जीवन स्तर माथी उठाउने योजना समेत रहेको खनालले बताए । नेपाली काँग्रेसको आधार वडा मानिने सिद्धिचरण नगरपालिकाको वडा नं. ७ का वडाध्यक्षका उम्मेदवार रणमान भुजेलले आफु विजयी भएपछि विगुटारको विकासमा सधै लागिपर्ने बताए । विगुटारको सभालाइ पर्व सांंसद चन्द्रकान्त दाहाल, निर्वाचन परिचालन समितिका संयोजक हंशराज वाग्ले , नेपाली काँग्रेसका युवा नेता प्रकाश दाहाल, क्षेत्रिय कोषाध्यक्ष जयपसाद दाहाल , गाउँ कार्य समितिका सभापति भलबहादुर कटवाल र गोपी दाहाल लगायतले सम्बोधन गरेका थिए ।

नेपाली काँग्रेसले सिद्धिचरण नगरपालिका वडा नं. ७ विगुटारबाट रणमानसँगै वडा सदस्यहरुमा मिङमरजाङवु शेर्पा , पुष्प कटवाल , कमला घिमिरे र बालाकुमारी विकलाई उम्मेदवार बनाएको छ ।

साभार हरेकपल अनलाइन