विदेश

क्यानडाको ब्राम्पटनमा श्रद्धान्जलि सभाको आयोजना

By Bala Adhikari

May 20, 2018

राजु थापा, क्यानडा ।

नेपाली जनजाती संघ क्यानडाले आज ब्राम्पटन निवासी नेपाली जनजाती संघ क्यानडाका संस्थापक पूर्व सभापति तथा समाजसेवी स्वर्गिय आङ्बरु शेर्पा को सम्मानमा एक श्रद्धान्जली कार्यक्रमको आयोजना गर्यो । २०१८ अप्रिल २८ तारिख बुद्ध जयन्तिको दिन उहांको नेपालमा स्वर्गारोहन भएको थियो, उहाँको जन्म सन् १९६३ मा भएको थियो । क्यान्सर रोगबाट पिडित उहां क्यानडाको नेपाली समूदायमा सक्रिय समाजसेवीका साथै सालीन ब्यक्तित्व र सफल ब्यबसायिका रुपमा परिचित हुनुहुन्थ्यो । उहाँको देहाबसानले क्यानडाका नेपाली समूदायले एक असल सदस्य गुमाएको छ । उहाँको नेपालमा शेर्पा परम्परा अनुसार अन्त्यस्टि गरिएको थियो ।

 

आगंबरु शेर्पाले ब्रिटिस आर्मिमा १५ बर्ष सेवा गरि सन् २००० मा क्यानडा आउनु भएको थियो । उहाँका श्रीमति छिम्मि डोमा शेर्पा लगायत दुई छोराहरु जिग्मे शेर्पा र छेतेन शेर्पा हुनुहुन्छ । उहाँ एनआरएन क्यानडाका आजिबन सदस्य लगायत शेर्पा संघ क्यानडाका बर्तमान सभापति समेत हुनु हुन्थ्यो ।

जिटिएको ब्राम्पटन शहरमा रहेको एभरेष्ट तेक्वान्दो एकेडेमीमा भएको श्रद्धान्जली सभामा एनआरएन क्यानडाका अध्यक्ष गोपीकृष्ण काफ्ले, पर्यटन दूत एन बि टन्डन, एनसी एनसीका अध्यक्ष डिआर खनाल, नेपाली जनसम्पर्क समितिका सभापति बुद्धि प्रकास वली, क्यानेडियन नेपाली महिला चौतारिकी अध्यक्ष गिता दवाडी, एनआरएन क्यानडाका पूर्व अध्यक्षहरु अनिल थापा, तुल्सी सापकोटा लगायत लालिगुँरास कल्व, नेपाली क्रिकेट कल्व, एनसीसीएस, मगर संघ र अन्य संघ संथाका प्रतिनिधिहरु लगायत नेपाली समूदायका सदस्यहरुको श्रद्धान्जली सभामा बाक्लो उपस्थिति रहेको थियो । सभामा एक मिनेट मौनधारन गरि फुलमाला, खादा चढाई उहाँको तस्विरमा श्रद्धान्जली अर्पण गरिएको थियो ।

नेपाली जनजाती संघ क्यानडाका अध्यक्ष गिरि बुढाथोकिले यस दुखद घडिमा उहाँको परिवारलाई यस श्रद्धान्जली कार्यक्रमले धैर्यधारण गर्ने शक्ति मिल्ने कुरा उल्लेख गर्दै यस दुखद क्षणमा साथ सहयोग प्रदान गर्न कार्यक्रममा पाल्नुहुने सर्वलाई धन्यवाद दिनु भएको थियो ।