EDS NOTE: GRAPHIC CONTENT - Forensic investigators and Ministry of Interior officers sift through remains of a Boeing 737 that plummeted into a yuca field with more than 100 passengers on board, in Havana, Cuba, Friday, May 18, 2018. (AP Photo/Ramon Espinosa)

विदेश

जोसे मार्टीमा विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या ११० पुग्यो

By Bala Adhikari

May 20, 2018

क्युवा, जेठ ६ । क्युबाको हवानामा रहेको जोसे मार्टी अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको विमान दुर्घटनामा परी मृत्यु हुनेहरुको संख्या ११० पुगेको बताइएको छ । क्युबाका यातायात मन्त्री अडेल याज्क्वीर्डोले पत्रकारहरुलाई दिएको जानकारी अनुसार मृत्यु भएकामध्ये ९९ जना क्युबाली नागरिक रहेका छन् भने अरु ११ जना विदेशी नागरिक रहेको बताइएको छ ।

मृत्यु भएका विदेशीहरुमा चालक दलका छ जना सदस्य मेक्सिकोका छन् । दुर्घटनामा परेका मध्ये १९ बर्षका मैलेन, २३ बर्षका ग्रेटेल लान्ड्रोभेल र ३९ बर्षका इमिली सन्चेज गरी तीन जना मात्र जिवित रहेका थिए । उनीहरुको अहिले पनि गम्भीर अवस्थामा उपचार भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

यसैबीच दुर्घटनामा परेको विमानको ब्ल्याक बक्स भेटिएको छ । अधिकारीहरुले एउटा ब्ल्याक बक्स भेटिएको र यसका आधारमा अनुसन्धान सुरु गरिएको बताएका छन् । अधिकारीहरुले ब्ल्याक बक्स भेटिएपछि यसबाट अनुसन्धानको काम अब सजिलो हुने पनि बताएका छन् । क्युबामा सन् १९८० पछि पहिलो पटक यति भीषण दुर्घटना भएको हो । त्यसैले यहाँको सरकारले शनिबार र आइतबार राष्ट्रिय शोकको घोषणा गरेको छ ।