कभर स्टोरी

अष्ट्रेलियाको विश्वविद्यालयद्वारा नेपालीलाई छात्रवृत्तिको घोषणा

By Bala Adhikari

May 20, 2018

काठमाडौँ, जेठ ६ । प्रतिभाशाली एवं जेहेन्दार नेपाली विद्यार्थीलाई अष्ट्रेलियाको प्रख्यात ला ट्रोब विश्वविद्यालयले वार्षिक शुल्कमा २५ प्रतिशतसम्म छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ ।

उक्त विश्वविद्यालयको बिजनेश स्कूलका डिन प्रा जेन हेमिल्टनले आज पत्रकार सम्मेलन गरेर पूर्वस्नातक, स्नातक र स्नातकोत्तर तहमा जेहेन्दार विद्यार्थीलाई १५ देखि २५ प्रतिशतसम्म एकमुष्ट छात्रवृत्ति प्रदान गरिने बताए ।

हाल उक्त विश्वविद्यालयमा ११६ जना विद्यार्थी अध्ययनरत रहेको जानकारी दिँदै नेपाली विद्यार्थीका निम्ति आफ्नो विश्वविद्यालय आकर्षणको केन्द्र बनेको उनको भनाइ छ । गत वर्ष ८० जना नेपाली विद्यार्थी थिए, यो वर्ष ११६ पुगको उनले जानकारी गराएका छन् ।

उक्त विद्यालयले आगामी नोभेम्बर र जनवरीमा प्रारम्भ हुने नयाँ शैक्षिक सत्रबारे जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरेको हो ।