कभर स्टोरी

रक्तस्राव बढेपछि राष्ट्रकवि घिमिरे अस्पताल भर्ना

By Bala Adhikari

May 21, 2018

काठमाडौँ, जेठ ७ । उनान्सय वर्षीय राष्ट्रकवि माधवप्रसाद घिमिरे मुटु, मिर्गौला र फोक्सामा समस्या देखिएकाले विगत तीन महिनादेखि अस्पताल लाने र ल्याउने गरिँदै आइएको छ ।

उनलाई पुनः रक्तस्राव बढेपछि अस्पताल भर्ना गरिएको छ । मुटु, किड्नी र फोक्सोको समस्या देखिएपछि उनलाई एक साताअघि ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको राष्ट्रकवि घिमिरेका छोरा राजीव घिमिरेले बताए ।

आन्तरिक रक्तस्राव भएपछि हाई केयर युनिटमा राखेर अहिले उनको उपचार भइरहेको छ ।