काठमाडौं, जेठ ७ । गायक वीरकृष्ण लवटको चर्चित गीत ‘टोखा बजार’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गायक लवटको ‘टोखा बजार’को भिडियो सामाजिक सञ्जाल युट्युभ मार्फत रिलिज गरिएको हो । रिलिज गरिएको ‘टोखा बजार’ गीतको भिडियोमार्फत काठमाडौंको टोखामा लाग्ने विस्केट जात्राको रमणिय दृश्य, त्यहाँका मठ मन्दिर, कला संस्कृति प्रस्तुत गरिनुका साथै माया प्रेमका कुरालाई देखाइएको छ ।
त्यस्तै गायक लवटको यो गीतले काठमाडौंको टोखा क्षेत्रको वर्णन गरेको छ । ‘टोखा बजार’ गीतको बारेमा कुरा गर्दै गायक लवटले भने, टोखाको एउटा छुट्टै पहिचान रहेको छ । टोखा विभिन्न मठ मन्दिरले सजिएको एउटा सुन्दर नगरी हो । भर्खरै रिलिज भएको ‘टोखा बजार’ गीत पनि त्यसैको सेरोफेरोमा बनेको छ ।
त्यस्तै गायक लवटले बिषेशगरी टोखा क्षेत्रलाई चिनाउने हिसाबले ‘टोखा बजार’ गीत पस्किएका हुन् । टोखाकोे आफ्नो छुट्टै महत्व, संस्कृती र सौन्दर्य त छँदैछ यो गीतले अझ टोखा क्षेत्रको महत्वमा थप सौन्दर्यता बढाएको छ ।
गायक लवटले भने– ‘बिषेश गरी यो गीत मैले टोखालाई चिनाउने गरी बजारमा ल्याएको हुँ , टोखाले आफ्नो भेग्नै पहिचान र संस्कृती बोकेको छ भन्ने कुरालाई यो गीत मार्फत दर्शकमाझ ल्याएको हुँ । रिलिज गरिएको ‘टोखा बजार’ गीतको शब्द, संगीत र कम्पोजिशन पनि गायक लवटको हो ।
गायक लवटको यस गीतको भिडियोमा सुजन र समिताले उत्कृष्ट फिचरीङ गरेका छन् । भिडियोमा उनीहरुलाई सरस्वती धेमा परिवारका कलाकारहरुले साथ दिएका छन् । भिडियोलाई किरणको निर्देशनमा तयार गरिएको हो भने समिर डंगोलको नृत्य निर्देशन रहेको छ ।
गायक लवटको यो गीतले बैशाख १ गते देखि ४ गतेसम्म काठमाडौंका विभिन्न क्षेत्रमा लाग्ने विष्केट जात्राको बारेमा पनि वर्णन गरेको छ । ‘टोखा बजार’ गीतको भिडियो सामाजिक सञ्जाल युट्युभ सार्वजनिक गरिएको जानकारी गराउँदै गायक लवटले दर्शकहरुलाई सल्लाह सुझाव दिन आग्रह पनि गरेका छन् ।
गायक लवटले ‘टोखा बजार’ गीतको भिडियोले अन्य गीतहरुले जस्तै दर्शकहरुको मन जित्ने आशा राखेका छन् । गायक लवटले नेपाली गीत संगीतको बजारमा ‘म त होईन तिम्रो’, माया मेरी साह्रै राम्री, मेरी मायालु लगाएतका गीतहरुको भिडियो दर्शकमाझ पस्किसकेका छन् ।