आर्थिक

क्यानडामा नेपालीको पहिलो एभरेष्ट रियल्टी कम्पनि संचालनमा

By Bala Adhikari

May 21, 2018

मे २१, २०१८ पिताम्बर भट्टराई ।

क्यानडा – “नेपालीका लागि नेपाली” भन्ने मुल मन्त्रकासाथ नेपालीको पहिलो रियल स्टेट कम्पनि संचालनमा आएको छ । एभरेष्ट नामक सो रियलटी ब्रोकरेज कम्पनीले छोटो समयमै राम्रो प्रतिफल लिन सफल भएको कुरा हिजो कम्पनीले क्यानडामा रहेका बिभिन्न नेपाली संचार क्षेत्रमा आबद्ध पत्रकारहरुको उपस्थितिमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बताइएको छ ।

गतवर्ष अप्रिलबाट संचालनमा आएको एभरेष्टका संचालक १६ वर्षदेखि रियल स्टेट व्यवसायमा  सफल अनुभवि ब्रोकरेज मालिक मदन क्षेत्री -माइक_ हुन । यो अवधिमा कम्पनीले करिब ५० भन्दा बढि प्रपर्टि किनबेच गरिसकेको जानकारी गराइयो ।

पारिवारीक भेटघाटका क्रममा ओटावा रहेका संचालक मदन क्षेत्रीले कम्पनीको ब्राण्ड भन्दा ग्राहकलाई प्रदान गरिने सर्भिस महत्वपूर्ण हुने बताउदै यसलाई ब्राण्डको रुपमा स्थापित गरिने लक्ष्य रहेको लाइभ भिडियोमार्फत उपस्थित पत्रकारहरुलाई बातए ।

२०११ मा हल अफ फेमको अर्वाड लिन सफल माइकले एउटा ग्राहकलाई घर किन्दा आवश्यक सम्पुर्ण सेवा र सुविधा एभरेष्टबाट प्रदान गर्न सकिने अपरेशन तथा मार्केटिङ म्यानेजर अनिल थापाले बताए । लिष्टिंङ, स्टेजिङ, प्रपर्टि इभ्यालुएशन, मोरगेज लगायत सबै काम एभरेष्टबाटै गरिने कम्पनीले जनाएको छ ।

घरको किन बेचसंगै एभरेष्टले आबस्यक चेतानामूलक कार्यक्रम संचालन गरि समूदायलाई सूसुचित बनाउने अभियान रहेको सेल्ल प्रतिनिधि राज महतले बताए । उनले यस क्षेत्रमा केहि अस्वस्थ प्रतिस्पर्धा रहेको स्वीकार्दै व्यवसायीक रुपमा सेवा दिन कम्पनी प्रतिवद्ध रहेको प्रष्ट पारे ।

सो अवसरका अर्का सेल्स प्रतिनिधि बाबु कडेलले व्यवसायीक र गुणस्तरिय सेवा भन्दा पनि ग्राहकलाई चाडै घर किनाउने वा बेचाउने प्रचलन बढेकोले एभरेष्टले गुणस्तरीय र व्यवसायी सेवामा केन्द्रित हुने प्रतिवद्धता राखे । उनले थोरै जानकारी हुनु हानिकारक भएको दोहोर्याउदै ग्राहको आवश्यकता र अवस्थालाई हेरी उचित सेवा र सुझाव दिइने बताए । कार्यक्रममा बिजनेस एकाउन्ट म्यानेजर मान पौडेलले कम्पनिको बारेमा पावर प्वाइन्ट द्धारा बृस्त्रित परिचय र कम्पनिको भावि कार्यक्रमको बारेमा उल्लेख गरेका थिए ।

एभरेष्टले रियल स्टेटको लाईसेन्स लिएका र लिन तयारीमा रहेका सबै नेपालीलाई नेपालीकै ब्राण्ड बनाउन अनुरोध गर्दै जाने सो भेटघाट कार्यक्रममा बताइयो । सो अबसरमा क्यानडामा नेपाली युवाहरुको पहलमा सुरु गरिएको क्यानेडियन नेप्लिज क्रिकेट कल्वका खेलाडीहरुलाई ब्यापारिक छाप अंकित टिसर्टहरु उपलब्ध गराएको पनि जानकारी सहित भबिष्यमा खेलकुदको बिकाशमा सहयोग जारि राखिने समेत प्रष्ट पारिएको थियो । एभरेष्टले केहि महिना भित्रै स्कार ब्रोमा एक शाखा विस्तार गर्दै चाडै ओन्टारियोका विभिन्न शहरमा फैल्याउने योजना बनाएको छ ।

फोटोः राजु थापा