कभर स्टोरी

स्वदेशी शिक्षाबारे जानकारी दिन शैक्षिक मेला हुँदै

By Bala Adhikari

May 22, 2018

काठमाडौँ, जेठ ८ । स्वदेशमा नै गुणस्तरीय शिक्षाबारे जानकारी गराउने उद्देश्यले शैक्षिक मेला हुने भएको छ । यही जेठ १० गतेदेखि प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा ‘पाँचौँ कान्तिपुर हिसान शैक्षिक मेला’ हुने भएका हो ।

स्वदेशमा नै विदेशमा पाइने शिक्षा पाइन्छ भन्ने जानकारी दिलाउनका लागि उक्त शैक्षिक मेला आयोजना गर्न लागिएको मंगलबार आयोजित कार्यक्रममा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल, (हिसान)का अध्यक्ष रमेश सिलवालले बताए ।

कतिपय विद्यार्थी नेपालको शिक्षाबारे जानकार नभएकै कारण विदेश जाने गरेको उनको भनाइ छ । त्यस्ता विद्यार्थीलाई हाम्रो मुलुकको शिक्षाबारे जानकारी गराई स्वदेशमा नै अध्ययनका लागि प्रोत्साहन गरिने छ उनले भने ।

हिसान र कान्तिपुर पब्लिकेशनको संयुक्त आयोजनामा हुन लागेको सो मेलामा विद्यार्थीले कुन विषय, कहाँ पढ्ने, विषय छनोट कसरी गर्नेजस्ता कुरासमेत सिकाइने मेला संयोजक लोकबहादुर भण्डारीले जानकारी दिँदै मेलामा दुई लाख विद्यार्थी तथा अभिभावकले अवलोकन गर्ने अनुमान गरिएको उनले बताए ।

तीन दिनसम्म सञ्चालन हुने उक्त मेलामा प्रवेशको व्यवस्था निःशुल्क गरिनेछ ।